Author: Bizness Khabar

अस्मिता सापकोटा काठमाडौं, २० कार्तिक । जलवायु परिवर्तन पछिल्लो समय विश्वकै ठूलो चुनौतिको रूपमा देखा परेको छ । यसका कारण विभिन्न वनस्पति, चराचुरूङ्गी तथा जनावरहरू लोप हुँदै गइरहेका छन् । विश्वको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको महादेश एसियामा यसको असर अन्यमा भन्दा बढी देखिन्छ । विश्व जनसंख्याको ६० प्रतिशत मानिस रहेको एसिया प्राकृतिक प्रकोपबाट सबै भन्दा बढी प्रभावित हुने क्षेत्र हो । सन् २०२३ मा मात्र ९० लाखभन्दा बढी मानिसहरू यसबाट प्रभावित भएका थिए । जसमध्ये २ हजार जनाले ज्यान गुमाउनु परेको थियो । जलवायु परिवर्तनले यस क्षेत्रमा ठूलो स्वास्थ्य चुनौती थपिदिएको छ । यसका कारण भविष्यमा डेंगु जस्ता…

Read More

काठमाडौं, २० कार्तिक । तिहारपछि खुलेको नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमदलव २१ अंकले घटेर २ हजार ६७७ दशमलव ४० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् तिहार अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से १४.४३ अङ्कले घटेर २६७७ विन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोड ५५ लाखको मात्रै कारोबार भएको छ । यस दिन ९७ लाख १३ हजार ७३० कित्ता शेयर ४७ हजार ५१५ पटक किनबेच भएको छ । आज ३०२ धितोपत्र कारोबारमा…

Read More

काठमाडौं, २० कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो । लामिछानेमाथि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन…

Read More

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो पठाएका हुन् । एकसाता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ । प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको पुष्ठि गरेको छ । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जबाफ भने दिइसकेका छैनन् । गत ३१ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश…

Read More

काठमाडौं, २० कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी…

Read More

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेकाले परिमार्जन उपसमिति गठन गरिएको मुख्य सचिवकृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । पार्टीले प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार गर्दै आएको छ । प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ । उपसमितिलाई २६ कात्तिकभित्र प्रतिवेदन प्रतिष्ठानका प्रमुखलाई पेश गर्न समयावधि दिइएको छ…

Read More

काठमाडौं, २० कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछानेसहित छविलाल जोशी, सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ । कास्की प्रहरीले…

Read More

काठमाडौं, २० कार्तिक । तिहार बिदा पछिको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य २८०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन बिहिबार छापावाला सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको…

Read More

काठमडौं, २० कार्तिक । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन समेत आह्वान गरेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ ।

Read More

काठमाडौं, १९ कार्तिक । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जानकारी दिएको हो । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

Read More