Author: Bizness Khabar
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए । उनले भने, ‘जीबी राई लगायतको जुन रुप छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने, तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ…
काठमाडौं, ५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि आगामी शुक्रबार देखि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । आइतबार एक कार्यक्रमकाबीच श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले आगामी शुक्रवारभित्र एक घण्टामै श्रम स्वीकृतिको दिइने गरी व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । सामान्यतया अहिले सबै कागजात अनलाइन गरिसकेपछि पनि श्रम स्वीकृति लिनलाई दुईदेखि चार दिनसम्म रोकिनुपर्छ तर अब भने एक एकै घण्टामा श्रम तयार हुने मन्त्रालयको भनाई छ ।
काठमाडौं, ५ चैत । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाको सहकारी विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दे सहकारीबाट लिएको साँवा र ब्याज चुक्ता गर्न आग्रह गरेको छ । ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ । सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।
काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कपिलबस्तुबाट आजै काठमाडौं ल्याउन लागिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ ।
काठमाडौं, ५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना माग गरेको छ त्यस्तै रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं १ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ एरियाका ब्रान्चका लागि रिलेसनसिप म्यानेजर,आईटी विभागका लागि केहि संख्यामा सिनियर असिस्टेन्ट र काठमाण्डौ उपत्यका र बाहिरका लागि ब्रान्च म्यानेजरहरु माग गरेको छ । बैंकका अनुसार आवेदन दिने अन्तिम मिति चैत १८ गतेसम्म रहेको छ ।
काठमाडौं, ५ चैत । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँको दरले संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ । सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यस्तै तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य…
काठमाडौं, ४ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर भएको मानहानिको मुद्दा खारेज भएको छ । पूर्वप्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको हो । जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित मानहानिको सूचना जारी गरेका थिए । द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको…
काठमाडौं, ४ चैत । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंह बच्चा चोरीको आरोपमा पक्राउ परेकी थिइन् । प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं, ४ चेत । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले उम्मेदवारी घोषणा गरेका हुन् । लिम्बु उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार हुन् । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम(२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।…
काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको आठ महिनामा सरकारको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । सोही अवधिमा सरकारले बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड तिर्न बाँकी छ । कार्यालयका अनुसार फागुनसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सोही अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः १…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886