Author: Bizness Khabar
काठमाडौं, १४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । यस साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको मूल्य प्रति तोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि मंगलबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो, जुन बुधबार नै तोडिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले…
काठमाडौं, १४ कार्तिक । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । यससँगै अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । उनी अहिले परराष्ट्र सचिव छिन् । उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएको राससमा उल्लेख छ । यस्तै प्रधानमन्त्री ओलीले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरेका छन् । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए ।…
काठमाडौं, १३, कार्तिक । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो । १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार बुधबारलाई ११ हजार टिकटमात्र बिक्री गरिनेछ…
काठमाडौं, १३ कार्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेको छ । आज परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेर २ हजार ६ सय ९२ दशमलव ०५ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २६४५ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । सोमबार ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटक खरिदबिक्री भएको…
काठमाडौं, १३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्ति सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर नेपाल भूगर्भ समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब बन्ने संरचना नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा जोड दिए । यस वर्ष अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस ‘उत्थानशील भविष्यका लागि भावी पुस्ताको सशक्तीकरण’ भन्ने नाराका साथ मनाइएको छ । मन्त्री दाहालले भूगर्भ अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्ने बताए । रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गरी…
काठमाडौं, १३ कार्तिक । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका प्रहरीले जनाएको छ । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । उनीमाथि झापा मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्या गरेको आरोप छ । उनी मृतक सर्मिलाका श्रीमानसमेत हुन् । श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको…
काठमाडौं, १३ कार्तिक । काठमाडौँ महानगरपालिकाले तिहारका लागि फूल बेच्नका लागि ४६ ठाउँ तोकेको छ । महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको समेत जानकारी दिएका छन् । ‘काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ ।’ उनले लेखेका छन् । ‘प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो ।’ गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने…
काठमाडौं, १३ कार्तिक । नेपाली बजारमा सोमबार सामान्य घटेको सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।…
काठमाडौं, १३ कार्तिक । आजदेखि हिन्दुहरूको दोस्रो महान् चाड तिहार सुरु भएको छ । आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886