Author: Bizness Khabar

अस्मिता सापकोटा काठमाडौं, १३ कार्तिक । नेपाल, भारत, पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकमा पुरुष प्रधान समाजको बाहुल्य छ । यहाँका प्रायः विवाहित महिलाहरू आर्थिक गतिविधिका लागि पुरुषमा निर्भर हुन्छन् । सामाजिक मूल्य मान्यताकै कारण विवाहपछि कतिपय कामकाजी महिलाले रोजगारी छाड्छन् र परिवारको जिम्मेवारी सम्हाल्छन् । प्रायः घरायसी कामको जिम्मेवारी महिलालाई दिइने भएकाले पनि विवाहपछि यहाँका धेरै महिला रोजगारी छोड्न बाध्य हुन्छन् । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले दक्षिण एसियाली मुलुकमा रोजगारीमा कायम लैंगिक असमानता औंल्याएको छ । उक्त प्रतिवेदनले यहाँका अधिकांश महिलाहरूको विवाह तथा सन्तान प्राप्तिपछि श्रम सहभागिता घट्ने देखाएको छ । दक्षिण एसियाको एक शक्तिशाली मुलुक भारतमा…

Read More

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठ अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार ः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो । महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ । सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका…

Read More

काठमाडौं, १२ कार्तिक । यस साताको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । सोमबार परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो केही सुधार हो । आइतबार नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले घटर २६१७ को विन्दुमा सिमित थियो । सोमबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर ५८ हजार ५५२ पटक खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन…

Read More

काठमाडौं, १२ कार्तिक । गृहमन्त्री रमेश लेखकले अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यो जानकारी गराएका हुन् । गृहमन्त्री लेखकले भष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित गरेर प्रतिनिधिसभाको आगामी अधिवेशनमा प्रस्तुत गरिदिन पनि आग्रह गरे । उनले भने, ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’ यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले पनि अख्तियार ऐन संशोधन विधेयक पास गर्नमा…

Read More

काठमाडौं, १२ कार्तिक । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कात्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो । उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उहाँहरुको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् ।…

Read More

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । सोमबार सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहेका उक्त विभागमा विधानको व्यवस्थाबमोजिम सदस्य मनोनयन गरेका हुन् । मनोनित सदस्यहरुमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामत रहेका छन् ।

Read More

काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए, यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए । जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी पीसीएल र बीएस्सीतर्फ गरी १ हजार २४९ जना भएका…

Read More

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् । आजको बैठकमा जाने भनिएपनि अहिले रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ । समितिको बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

Read More

काठमाडौं, १२ कार्तिक । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान ५ बजे शव फेला परेको प्रहरीको भनाइ छ । गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित सशस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।

Read More

काठमाडौं, १२ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ मूल्य बराबरको ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा…

Read More