Author: Bizness Khabar

काठमाडौं, १२ कार्तिक । न्याय परिषषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । जसअनुसार जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यस्तै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । परिषदले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।

Read More

काठमाडौं, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…

Read More

काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ सम्ममा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् । यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरका छन् भने काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा…

Read More

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा सरकार लागि पर्ने बताएका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’ प्रधानमन्त्री ओलीले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी दिए । नेपाललाई आर्टिफिसियल…

Read More

काठमाडौं, ११ कार्तिक । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले शेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । बिहीबार बजार बन्द हुँदा यस बैंकको शेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ । बैंकले चालु…

Read More

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन् । एआरएनले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजजीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नर्गन सुझाव दिएका हुन् । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने…

Read More

काठमाडौं, ११ कार्तिक । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । शनिवार साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका–२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । शनिवार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् । च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन तोलाको सुन तोलाको १ लाख ६६ हजार रुपैयाँ कायम भएको थियो । यसअघि गत कात्तिक ७ गते १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ ।…

Read More

काठमाडौं, ११ कार्तिक । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति २.१६३ अर्ब अमेरिकी डलरले घटेको छ । अक्टोबर १८ मा समाप्त भएको सातामा डलर ६८८.२६७ बिलियन डलर पुगेको भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले जारी गरेको साप्ताहिक तथ्याङ्कले देखाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको यो लगातार तेस्रो साता हो । अघिल्लो साता विदेशी मुद्रा सञ्चिति १०.७४६ अर्ब डलरले घटेको थियो । जुन झन्डै तीन वर्षयताकै सबैभन्दा ठुलो गिरावट हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठुलो अंश विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ८६५ करोड डलरले घटेर ५९८.२३६ अर्ब डलरमा झरेको छ । सुनको भण्डार १.७८६ अर्ब डलरले बढेर…

Read More

काठमाडौं, ११ कार्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग–२ को खेल खेल्न लागेको हो । लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । नेपालले आज खेल्ने खेल लिग–२ को नवौं खेल हा े। यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ…

Read More