Author: Bizness Khabar

काठमाडौं १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्दै छ । तर, सरकारले चालू आर्थिक वर्षको लागि छुट्याइएको बजेट विनियोजनको आधा पनि खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बजेट आउने अघिल्लो दिनसम्म्म अर्थात् (चालू आर्थिक वर्ष २०८०–८१ को जेठ १४ गते) सम्ममा सरकारले पुँजीगत खर्च १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ गरेको छ, जुन सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको वार्षिक लक्ष्यको ४१.४१ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले…

Read More

काठमाडौं, १४, जेठ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमताअभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमाअभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए । उनले भने,“संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमाअभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिको बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।” बीमामार्फत…

Read More

काठमाडौं, १४ जेठ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नबनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बराललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित थिए ।

Read More

काठमाडौं, १४ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ९३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अङ्कले बढेर २१ सय १३ दशमलव २७ को विन्दुमा बन्द भएको छ । आज ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४ सय ८३ पटक किनबेच हुँदा कुल ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । आज ३१७ धितोपत्रको कारोबार हुँदा १४९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९० धितोपत्रको मूल्य घटेकोे छ भने ८वटा धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा उपसमूहको…

Read More

काठमाडौं, १३ जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २१ सय ९ दशमलव ३४ को विन्दुमा बन्द भएको छ । आज १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँको कारोबार भएको छ । आज ३१५ धितोपत्रको कारोबार हुँदा २१५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २० धितोपत्रको मूल्य बढेकोे छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल्स…

Read More

काठमाडौं, १३, जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रममन्त्री, श्रममन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर अफवाह फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ । मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट…

Read More

काठमाडौं, ११ जेठ । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो। प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

Read More

काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाललाई बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । उनी १६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए । बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो । जसमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । बाँकी चारजना उम्मेदवारलाई पछि पार्दै खनाल सीईओमा नियुक्त हुन सफल…

Read More

काठमाडौं, १० जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा तेस्रो संस्करणको ‘सांग्रिला साइकल र्‍याली’ गर्ने भएको छ । बैंकले इन्धन बचाऔं, वातावरण जोगाऔं नारासहित आगामी जेठ १९ मा साइकल र्‍याली आयोजना गर्न लागेको हो । उक्त आयोजनामा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्य छ । साइकल र्‍यालीमा सहभागी हुन जेठ १६ गतेसम्म बैंकले उपलब्ध गराएको वेबसाइटमा निःशुल्क रजिस्ट्रेसन दर्ता गरिनेछ । साइकल र्‍याली जेठ १९ बिहान ७ः०० बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानीट्यांकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा…

Read More

काठमाडौं, ९ जेठ । यो हप्ता कारोबारमा निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २१ सय विन्दु नाघेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले बढेर २१ सय ३१ दशमलव ४९ को विन्दुमा बन्द भएको छ । बुधबार कारोबार रकम समेत साढे ५ अर्ब नाघेको छ । आज नेप्सेको कुल कारोबार रकम ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ भएको छ १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ । यस्तै आज ३१८ धितोपत्रको कारोबार हुँदा ६१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८१ धितोपत्रको मूल्य बढेकोे…

Read More