Author: Bizness Khabar
काठमाडौं, ८ कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते (शुक्रबार) पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद…
काठमाडौं, ८ कार्तिक । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो त्रैमाससम्ममा नेपालले विश्वका १३८ मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको व्यापार सन्तुलनमा छैन । १३८ वटा देशसँग व्यापारिक साझेदार हुँदा नेपालले १०५ वटा देशसँग व्यापार घाटा बेहोरेको छ । बाँकी ३३ वटा देशसँगको व्यापारमा मात्रै नेपाल बचतमा रहेको भन्सार विभागले जनाएको छ । चालू आवको आसोजसम्ममा नेपालले सबैभन्दा बढी छिमेकी मुलुक भारतसँग व्यापार घाटा बेहोरेको छ । भारतसँग २ खर्ब १६ अर्ब ६ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा छ । तीन महिनाको अवधिमा भारतबाट नेपालमा २ खर्ब ४० अर्ब ९२ करोड मूल्य बराबरको वस्तु…
काठमाडौं, ८ असोज । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध गलत आक्षेप लगाएर अनुसन्धान प्रभावित पार्न खोजेको बताएका हुन् । ‘हाम्रो पार्टी अख्तियार प्राप्त निकायवाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पु¥याउने खालका कुनै पनि प्रकारका गतिविधि नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारलाई समेत त्यस प्रकारको…
काठमाडौं, ८ कार्तिक । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ लगिएको थियो । आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा…
काठमाडौं, ८ कार्तिक । नेपालको विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ । विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन् ।…
काठमाडौं, ८ कार्तिक। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिन अमेरिका पुगेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको दूतावासले जनाएको छ ।
काठमाडौं,७ असोज । नेपालको वैदेशिक व्यापार २ वर्षयता सुस्त छ । गत आर्थिक वर्षमा आयात निर्यात दुवैमा ह्रास आयो । चालू आर्थिक वर्षको शुरुका दुई महिना यसमा सुधारको संकेत देखिएको थियो । उपभोक्ता मागमा आएको कमीले विशेषगरी आयात व्यापार खुम्चिँदै आएको साउन र भदौमा बढ्दो प्रवृत्तिमा देखिएको थियो । तर असोजमा आउँदा त्यसमा ‘ब्रेक’ लागेको छ । असोज र कात्तिकमा नेपालमा ठूला चाडपर्व पर्ने र उपभोग्य लगायत वस्तुको खपत समेत बढ्ने भएकाले आयात उकासिने अपेक्षा गरिए पनि घट्दो आयातले अर्थतन्त्रमा समस्या कायमै रहेको स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को असोजमा १ खर्ब २८…
काठमाडौं, ७ कार्तिक सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ । संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति निकालेर लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने आपत्ति जनाएको छ । रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने कार्य भएको कांग्रेसको ठम्याइ छ । निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई…
अस्मिता सापकोटा काठमाडौं, ७ कार्तिक । मानव शरीरलाई स्वस्थ र स्फुर्त राख्न विभिन्न पोषक तत्व तथा खनिजको आवश्यकता हुन्छ । हामीले दैनिक खाने खानामा त्यस्ता पोषकतत्व तथा खनिजहरू समावेश हुन्छन् । तर कहिलेकाहीँ खानाबाट मात्र प्राप्त तत्व हाम्रो शरीरलाई पर्याप्त हुँदैन । यस्तोमा सप्लिमेन्टको सेवन आवश्यक हुन्छ । त्यस्तै क्याल्सियम मानव शरीरको विकासका लागि चाहिने महत्वपूर्ण खनिज हो । यसले हड्डी, दाँत लगायत शरीरका अन्य भागलाई बलियो बनाउँछ । साथै मांसपेशीको कार्यक्षमता, हृदय स्वास्थ्य लगायतमा पनि यसको भूमिका हुन्छ । यसको कमीले अस्थिभंग (ओस्टियोपोरोसिस्), मांसपेशीमा कमजोरी, हृदयमा समस्या लगायत अन्य विभिन्न स्वास्थ्य समस्याहरू निम्ति सक्छ । प्राकृतिक स्रोतबाट प्राप्त क्याल्सियम…
काठमाडौ., ७ कार्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको असोजसम्मको तुलनामा २३.३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २२ करोड थियो । चालू आवको असोजसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ, अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ १८ पैसा हो । असोजसम्मा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको असोजमा यस्तो आम्दानी ४ अर्ब ८० करोड रहेकोमा यो वर्षको यसै यसै अवधिमा ४ अर्ब ११ करोडमा खुम्चिएको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886