Author: Bizness Khabar
काठमाडौं, ७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष (आव) २०८१८२ को तीन सपहिलो त्रैमाससम्मा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको असोजसम्मको तुलनामा ०.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ३ करोड थियो । चालू आवको असोजसम्ममा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणेयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ । चलू आवको असोजसम्ममा बैंकको बैंकको खुद ब्याज आम्दानी २ अर्ब…
काठमाडौं, ७ कार्तिक । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत घटेको छ । यो वर्षको पहिलो ३ महिनामा बैंकले केबल १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष बैंकले यसै अवधिमा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो बैंकको खुद ब्याज आम्दानीमा आएको कमीले नाफा घटेको देखिन्छ । गत आवको असोजसम्ममा ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको सोही अवधिमा ३ अर्ब ८७ करोडमा झरेको छ ।…
काठमाडौं, ७ कार्तिक । भारतबाट आयात गरिएको १२ टन दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ । नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो । कार्यालयले गरेको परीक्षणका क्रममा दालमा ‘कोल टार डाई’ रङ भेटिएपछि आयात गर्न नमिल्ने प्रतिवेदन तयार भएको थियो । उक्त प्रतिवेदनपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई भारतमै फिर्ता गर्न लगाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार नेपालमा कुनै पनि किसिमका दालमा वाह्य रङ प्रयोग गर्न प्रतिबन्ध छ…
काठमाडौं, ७ कार्तिक । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी गत आवको असोजसम्ममा १ अर्ब ९९ करोड रहेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ३३ करोड छ । यस्तै…
काठमाडौं, ७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । (एनपीएल टोलीले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ । यससँगै लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् । लेभिटले एक भिडिओ सन्देशमार्फत गुर्खाज परिवारमा सहभागि हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा इतिहास रच्ने बताएका छन् । काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ…
काठमाडौं, ७ कार्तिक । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको बताए । फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको उनले बतदाए । ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्छ’, उनले भने, ‘अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै गएको हो ।’ नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया…
काठमाडौं, ७ कार्तिक । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै खोलानाला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन भनेको हो । ‘धनगढी उप महानगरपालिका क्षेत्र भित्रका खोला नालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाब रोकिने गरी निर्माण गरिएका भौतिक संरचनाहरु हटाई पानीको प्राकृतिक बहाब लाई यथावत कायम राख्ने र खोला किनाराका सार्वजनिक जग्गाहरुमा पानी बहाब र आवश्यकता अनुसार हरियाली बिकासका साथै सडक तथा फुटपाथ निर्माण गर्ने कार्य संचालन गर्नको लागि खोला…
काठमाडौं, ७ कार्तिक । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली काँग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेसएमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ ।
अस्मिता सापकोटा काठमाडौं, ६ कार्तिक । नेसनल किड्नी फाउन्डेसनका अनुसार हरेक वर्ष पाँच लाखभन्दा बढी मानिसहरू पत्थरीको समस्याले आपतकालीन अवस्थामा अस्पताल जान्छन् । हरेक दशमध्ये एक व्यक्तिलाई मिर्गाैलामा पत्थरी हुने अध्ययनले देखाएको छ । नेसनल इन्स्टिट्युट अफ डायाबिटिज एण्ड डाइजेस्टिभ एण्ड किड्नी डिजिजका अनुसार अमेरिकामा लगभग ११ % पुरुष र ६ % महिला जीवन भरमा कम्तीमा एक पटक पत्थरीेबाट पिडित हुन्छन् । नेपालमा पनि यस रोगका बिरामी धेरै नै भेटिन्छन् । केही मानिसमा यो रोग पटक पटक दोहोरिरहेको देखिन्छ । एक पटक पत्थरीे भएका बिरामीमा यो रोग फेरी दोहोरिने लगभग ५०% सम्भावना हुने युरोलजिस्ट डा. जोन होलिंग्सवर्थ बताउँछन् । पत्थरी…
काठमाडौं, ६ कार्तिक । गृह मन्त्रालयले गत असोज दोस्रो साता भएको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो । हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएकोे उनले बताए । मन्त्रालयका अनुसार सबैभन्दा बढी विपद्का मृत्यु भएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886