Author: Bizness Khabar
काठमाडौं, ६ कार्तिक । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमादक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ । समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरुको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति…
काठमाडौं, ६ कार्तिक । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीले पाएकी छिन् । नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्। चौधरी सहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका छन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ…
काठमाडौं, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ भने १ फाइनान्सलाई जरिवाना समेत तिराएको राष्ट्र बैंकले जनाएको छ । कारबाहीमा पर्नेमा मितेरी विकास बैंक, सालपा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीहरुमा गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् । मितेरी विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं.…
काठमाडौं, ६ कार्तिक । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ । छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् । बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका विषयमा छलफल हुनेछ ।
काठमाडौं, ६ कार्तिक । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रकम सहित दुई जना पक्राउ परेका छन् । सोमबार राति कृष्णनगर नगरपालिका २ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतीय रकम बरामद गरिएको हो । चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं. गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१ नं. को गाडीमा सवार…
काठमाडौं, ६ कार्तिक । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि सोमबार १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । मंगलबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले २१०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । मध्यपूर्वी युद्ध…
काठमाडौं, ६ कार्तिक । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल.सी.मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो । सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा भारत–चीनबीच उक्त सम्झौता कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा भएको बताएका छन् । यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । ‘पछिल्ला केही हप्तादेखि भारतीय…
काठमडौं, ६ कार्तिक । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सभा गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । त्यस्ते आफ्नो पार्टी…
अस्मिता सापकोटा काठमाडौं, ५ कार्तिक । चियाकफी विश्वमा धेरै उपभोग हुने पेय पदार्थ हुन् । यद्यपि यो उपभोगका अत्यावश्यक पेय भने होइन । त्यसैले यसको सेवनलाई शोख, विलासिता वा आदतसँग जोड्ने गरिन्छ । चिया विश्वमै पानीपछि दोस्रो धेरै खपत हुने पेय हो भने कफीको पनि माग धेरै नै छ । विश्वभरमा हरेक दिन अर्बौं कप चियाकफी पिइन्छ । यी दुवै पेय पदार्थ मानव सभ्यतासँग जोडिएका छन् । कफीको उत्पत्ति ९औँ शताब्दीको इथियोपियामा भएको थियो भने चिया प्राचीन चीनबाट शुरू भएको मानिन्छ । तर युरोपमा भने चियाकफी १७औँ शताब्दीतिर मात्र पुगेको हो । त्यहाँ यसले थोरै समयमै यसले आफ्नो साम्राज्य बनायो…
काठमाडौं, ५ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनीहरुलाई पनि सोमबार महासचिव राईले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । न्यौपाने नेतृत्वको कोचिङ टोलीले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनेछ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886