Author: Bizness Khabar

काठमाडौं, १५ साउन । नेपालले अगामी वर्ष इङ्ग्ल्याण्डमा आयोजना हुने टि ट्वान्टी महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार विश्वकपको ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने बताएको हो । यो छनोट प्रतियोगितामा १० राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्, जसबाट ४ टोलीहरूले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् । बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण स्वतः छनोटमा परेका छन् । थाइल्याण्ड र नेपालले एशियाली क्षेत्रीय छनोटमार्फत प्रतियोगितामा स्थान बनाएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । बाँकी पाँच स्थानहरू…

Read More

काठमाडौं, १५ साउन । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई शत प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको ५७०औं बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले बीमा क्षेत्रको नियामक निकाय, नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्तापूँजी वृद्धि गर्ने तयारी गरेको हो । प्राधिकरणले २०८१ पुस २५ गते दिएको निर्देशनअनुसार २०८२ सालको माघ मसान्तभित्र पूँजी वृद्धि गरिसक्नुपर्ने सर्त कम्पनीलाई दिइएको छ । प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई व्यवसाय विस्तार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले पूँजी वृद्धिको सीमा तोकेको छ ।

Read More

काठमाडौं, १५ साउन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो, तसर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी सिंगल…

Read More

काठमाडौं, १५ साउन । आजदेखि दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै २…

Read More

काठमाडौं, १५ साउन । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं, १५ साउन । नेपाल बीमा प्राधिकरणद्वारा बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरिएको छ । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले इञ्जिनीयरिङ बीमा सम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय,…

Read More

काठमाडौं, १४ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार वर्ष यताकै उच्च बिन्दुमा पुगेर बन्द भयो, तर यो एक दिन पनि टिक्न सकेन । आज परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९ सय ५४ दशमलव १४ को बिन्दुमा बन्द भएको छ । १२ बजेर ५१ मिनेटमा ३००१ को विन्दुमा रहेको परिसूचक त्यसयता घट्दै बन्द भयो । हिजो (मंगलबार) ३० दशमलव ७६ अङ्कले बढेको नेप्से परिसूचक ३ हजार २ दशमलव ०७ को बिन्दुमा कायम थियो । यसो त चार दिन यता लगातार कारोबारमा ह्रास आइरहेको छ । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब…

Read More

काठमाडौं, १४ साउन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ६ सयले घटेको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ९३ हजार रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १४ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुने छ ।

Read More

काठमाडौं, १४ साउन । झापा इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको हो । स्थानिय बासिन्दाका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५…

Read More