Author: Bizness Khabar

काठमाडौं, २७ वैशाख । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बुधबार राति प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । सो आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् । यता सरकार गठनको आह्वानविरुद्ध स्वतः कामचलाउ भएका मुख्मन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाँदैछन् ।

Read More

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेस संसदीय दलको आजका लागि तय भएको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक स्थगित गरेर एक दिन पर सारिएको कांग्रेसले जनाएको छ । संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८…

Read More

काठमाडौं, २७ वैशाख । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनर्संरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको सोचपत्र बमोजिम पुनर्संरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रूपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए । विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष…

Read More

काठमाडौं, १७ चैत । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत गरिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत गरिएको हो । जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर र जनमत पार्टीकी सुशीला देवी विष्ट छन् । सो उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी विजयी भएका छन् । यस्तै कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १०…

Read More

काठमाडौं, १७ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर १९ सय ८० दशमलव ३४ को विन्दुमा बन्द भएको छ । सोमबार ७२ लाख ४१ हजार १७७ कित्ता शेयर ५६ हजार ५ सय ११ पटक किनबेच हुँदा कुल २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । आज ३१७ धितोपत्रको कारोबार हुँदा १२८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको मूल्य बढेकोे छ भने १७ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घटेको…

Read More

काठमाडौं, १७ वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत न्हुएन थान हाई काठमाण्डौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् । उनी भारत र भुटानका लागि समेत भियतनामी राजदूत हुन् । भेटका क्रममा राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे । यस्तै उनले नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको बताए । भेटमा…

Read More

काठमाडौं, १७ वैशाख । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले यस बारे औपचारिक घोषणा गर्न भने बाँकी छ । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् । २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । २०७९…

Read More

काठमाडौं, १७ इलाम २ को मतगणना जारी छ । मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ४ हजार ५२३ मतान्तरले अगाडि छन् । हालसम्म ३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२ हजार ४०५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ८८२ मत प्राप्त गरेका छन् । यसैगरि स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ७६९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ६३६ मत ल्याएका छन् ।

Read More

कठमाडौं, १७ वैशाख । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनी ३४२ मतले अग्रता लिइरहेका छन् । आयोगका अनुसार भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं, १७ वैशाख । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशन गर्दै वैशाख २१ गते देखि २३ गतेसम्म तालिम सञ्चालन गर्ने जनाएको हो । उक्त तालिम सञ्चालन गुल्मीको तम्घासमा हुने कम्पनीले जनाएको छ । बिहानको ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने छ । तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउन सक्ने कम्पनीले बताएको छ । इच्छुक व्यक्तिले आवश्यक कागजात सहित वैशाख…

Read More