Author: Bizness Khabar
काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । गएराति नेपाल–भारतको सीमा रक्सौल नाकाबाट पासवान नेपाल छिरेको गोप्य सूचना पाएपछि वीरगञ्ज प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । पेस्तोलसमेत बोकेका पासवानले प्रहरीमाथि नै गोली प्रहार गर्न थालेपछि जवाफी कारबाही गरी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीको जवाफी कारबाहीका क्रममा पासवानको देब्रे खुट्टामा गोली लागेको जनाइएको छ । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको जानकारी दिएको छ । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न रहेका भनिएका पासवान…
काठमाडौं, १७ वैशाख । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।’ पाकिस्तानमा १२ वर्षपछि कसैलाई उपप्रधानमन्त्री नियुक्त गरिएको हो । यसअघि सन् २०१२ को जुनमा चौधरी परवेजलाई पाकिस्तानको उपप्रधानमन्त्री नियुक्त गरिएको थियो । पाकिस्तानमा यस वर्षको सुरुमा आम निर्वाचन भएको थियो । मार्चमा शहबाज सरिफको गठबन्धन सरकार बनेपछि इशाक दारलाई पाकिस्तानको विदेशमन्त्री नियुक्त गरिएको थियो । इशाक दारले सेप्टेम्बर २०२२ देखि अगस्ट…
काठमाडौं, १७ वैशाख । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिदको लागी संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा अन्य सर्वसाधरण तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ । इच्छुक संस्थापकले सूचना प्रकासित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रिय कार्यालय, तिनधारा, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
काठमाडौं, १६ वैशाख । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ । धुलिखेल मेडिसिटी परियोजना काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत ९सुपर स्पेशलिटी० अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब छ । आधुनिक प्रविधिसँगै…
काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास…
काठमाडौं, १४ वैशाख । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ । शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै दरपिठ (रिट निवेदन दर्ता गर्न अस्वीकार)को आदेश गरेका हुन् । रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्र (रिट निवेदन)को प्रयोग गर्न अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन । रिट निवेदकको माग साधारण…
काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने भन्दै जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने बताए । देउबााले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट भएको बताए । उनले…
काठमाडौं, १४ शैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् । उनले भने, ‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराइ बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ । प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।’ यस्तै उनले युवा सहभागिता विना देशलाई समृद्धितर्फ…
काठमाडौं, १४ वैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए । ‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ’, अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।’ केही किनेर र…
काठमाडौं, १४ वैशाख । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्र पठाँउदै अलपत्र परेका आयोजनालाई पूर्णता दिन सहजीकरण गर्न पनि आग्रह गरेको छ । जिप्रकालाई पठाइएको पत्रमा भनिएको छ, ‘मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना÷योजना संचालन गर्न कार्यालय÷निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र÷रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ ।’ साथै त्यस्ता अलपत्र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालयलगायत…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886