Author: Bizness Khabar
काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिंदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए । उनले भने, ‘नेपाल र चीनबीचका थप नाका सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ, नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ…
काठमाडौं, १४ वैशाख । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले उक्त नगद र सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । न्युरोडको एक गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।
काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
काठमाडौं, १३ चैत । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमा कम्पनीहरूले बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले निर्देशन उक्त निर्देशन दिएको हो । प्राधिकरणद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार…
काठमाडौं, १३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन । कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ (३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए । चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत)…
काठमाडौं, १३ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन…
काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । उनले भने ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ । यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात…
कठमाडौं, १३ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परिक्षा शाखा निर्देशक साङहयून क्वाकले स्पष्ट पारे । छलफल पछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकोमा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए । ‘एक पटक कोरिया पुगेर आउनु भएका नेपाली युवामा इपिएस प्रक्रियाको विषयमा नै शंका थियो ।…
काठमाडौं, १२ वैशाख । काठमाडौंस्थित स्वप्न बगैँचा (ड्रिम गार्डेन) परिसरको भवनमा केशर क्याफे सञ्चालन गरिरहेको द द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट प्रालिले भाडा नतिरेको भन्दै स्वप्न बगैँचा विकास समितिले पाँचदिने सूचना प्रकाशित गरेको छ । पटकपटक भाडा तिर्न पत्राचार गरे पनि भाडा नतिरेको भन्दै विकास समितिले अन्तिमपटकका लागि सूचना प्रकाशित गरेको हो । समितिका अनुसार ९५ लाख ५९ हजार रुपैयाँ भाडा तिरेको छैन । समिति सो रिसोर्टबीच २०७२ माघ १० मा केशर क्याफे सञ्चालनका लागि सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार तिर्नुपर्ने भाडा सो रिसोर्टले तिरेको छैन ।
काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कानूनी सल्लाहकार खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न आदेश दिंदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकाहरूलाई कारबाही गर्न निर्देशन दिएको थियो । विना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस भएको भन्दै त्रिविका कानूनी सल्लाहका एवं अधिवक्ता खनाल सर्वोच्च अदालत पुगेका थिए । आफूमाथिको कारबाही प्रक्रिया रोकिनुपर्ने भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886