Author: Bizness Khabar

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । शुक्रबार राष्ट बैंकको जनशक्ति विभागले बैंक तथा वित्तीय संस्थाको लागि २०८१ सालमा हुने बैंकविदाको सूची सार्वजनिक गरेको हो । बैंकले शनिवार बाहेक ३७ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकले २०८० वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय तोकेको छ । यस्तै २०८० कार्तिक १६ गतेदेखि माघ १५ सम्म विहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म कार्यालय समय तोकेको छ । प्रत्येक शुक्रवार विहान १०ः०० देखि अपरान्ह १ः३० वजेसम्म…

Read More

काठमाडौं, १८ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला महानगरलाई हस्तान्तरण गरिएको रंगशालाको बाँकी कामका लागि महानगरले टेन्डर खुला गरेको हो। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र छ । रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण गरिनेछ । बागमती प्रदेश सरकारको ७० प्रतिशत लागत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लागतमा रंगशाला निर्माण गर्न…

Read More

काठमाडौं, १८ फागुन । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ । प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ । मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो । बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान…

Read More

काठमाडौं, १८ फागुन । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आइतबार बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेको हो । २०७९ फागुन २५ मा संसदमा दर्ता भएको विधेयकमाथि सहमति जुटाउन गठित संसदीय उपसमितिले चार वटा विषयमा थप प्रष्टता आवश्यक रहेको भनी विधेयकको प्रतिवेदन समितिमा बुझाएको थियो ।

Read More

काठमाडौं, १८ फागुन । आजदेखि रिडी पावर कम्पनी लिमिटेडले हकप्रद आवेदन खुल्ला गरेको छ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ भने निष्काशनमा चैत्र ८ सम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि…

Read More

काठमाडौं, १८ फागुन । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका छन् । पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ भने स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने छ । पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताएका छन् । त्यसैक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको ओलीले जानकारी…

Read More

सुनिता सुबेदी काठमाडौं, १७ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा सरकारले साढे १ खर्बभन्दा धेरै ऋण भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालू आवको माघसम्ममा आन्तरिक र बाह्य ऋण गरी कुल १ खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ३० अर्ब ११ करोड र बाह्य ऋण २५ अर्ब २३ करोड रुपैयाँको भुक्तानी गरेको छ । यस्तै सात महिनासम्ममा आन्तरिक र बाह्य गरी १ खर्ब १० अर्ब ९१ करोड रुपैयाँ सावाँ र ४४ अर्ब १४ करोड रुपैयाँ व्याज भुक्तानी गरेको छ । सरकारले चालू…

Read More

काठमाडौं, १७ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आगामि चैत २० गते बस्ने गरी साधारणसभा आह्वान गरेको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी प्रज्ञाप्रतिष्ठान कमलादीमा बस्ने गरी साधारणसभा बोलाएको हो । साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत पनि छलफल हुनेछ । साधारणसभाले संस्थापकतर्फ ४ र सर्वसाधारण तर्फ २ सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ देखि चैत २० सम्म बुक क्लोज गर्ने सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं, १७ फागुन । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहँुचबाट बाहिर रहेका लक्षित वर्ग पहिचान गरी बैंकका सात वटै प्रदेशमा रहेका ३५ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजार बढी नागरिकलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले बताएको छ । बैंकले बागमती प्रदेश भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाँउपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका र ललितपुरको ललितपुर महानगरमा आयोजना गरेको विभिन्न कार्यक्रममा ७ सय बढी नागरिक सहभागी थिए । यस्तै गण्डकी प्रदेशको बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ…

Read More

काठमाडौं, १७ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आजदेखि हकप्रद सेयरको बिक्री आवेदन खुल्ला गरेको छ । कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट अथवा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय…

Read More