Author: Bizness Khabar
काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ । आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी…
काठमाडौं, १६ फागुन । काठमाडौं महानगरपालिकामा वरिष्ठ कानुन अधिकृतका रुपमा कार्यरत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहले मानसिक तनाव दिएको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमार्फत घिमिरेले मेयर शाहले टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको बताएकी हुन् । सँगै उनले आफूले कानुनी र पेशागत लडाइँ सुरु गरेको पनि घोषणा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एक राष्ट्र सेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो । विगत लामो समयदेखि मेयर बालेनको प्रशासनमा बिना कारण र आधार किन कार्य जिम्मेवारी बिहिन बनाएको हो ?’ आफूलाई जिम्मेवारीविहीन बनाउनुको कारण बुझ्न जाँदा कार्यालयमा बस्ने कुर्सि टेबल समेत नदिई काम नै गर्न नदिएर राखिएको…
काठमाडौं, १६ फागुन । बुधबार नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेप्से परिसूचक सून्य दशमलव ८७ अङ्कले घटेर २ हजार ७७ दशमलव ३० को बिन्दुमा बन्द भएको छ । आज ५१ लाख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब २ करोड ८१ लाख ९ सय ७७ रुपैयाँको कारोबार भएको छ । यस्तै ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७१ धितोपत्रको मूल्य घटेको छ भने ७ धितोपत्रको मूल्य स्थिर छ । बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घटेको छ भने ६ वटा…
काठमाडौं, १६ फागुन । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।
काठमान्डौं, १६ फागुन । नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पु¥याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी…
काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका थिए । राष्ट्रिय सभा अध्यक्षको पद आगामि फागुन २० गतेदेखि रिक्त हुँदै छ । उक्त पदमा सत्तागठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरेका छन् ।
काठमाडौं, १६ फागुन । बुधबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि बिहीबार गरी स्थगित गरिएको छ । पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । उक्त विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल गर्न चाहेनन् । मुख्यमन्त्री जम्कट्टेल एक कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् । दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।
सुनिता सुबेदी काठमाडौं, १६ फागुन । चालू आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमाको व्यवसाय करिब साढे २२ अर्बको भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा निर्जीवन बीमाको व्यवसाय कुल २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ भएको छ, जुन गत आवको सात महिनासम्मको तुलनामा ३ प्रतिशतले कम हो । गत आवको माघसम्ममा २३ अर्ब ६ करोड २९ लाख रुपैयाँको निर्जीवन बीमाको व्यवसाय भएको थियो । चालू आवको माघसम्ममा जारी रहेको बीमालेखको सङ्ख्या १६ लाख ७१ हजार १ सय ६ रहेको छ । यस्तै १४ बीमकमध्ये माघसम्ममा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स…
काठमाडौं, १६ फागुन । गृहमन्त्री र प्रहरीलार्ई बैंकिङ सिस्टमबारे बुझाउन बैंकरहरु एकजुट हुने भएक छन् । बुधबार बसेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकोे बैंठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई बैंकिङसम्बन्धी बुझाउने निर्णय गरेको हो । मंगलबार सिआइबीले तत्कालीन सेञ्चुरी कर्मसियल बैंकका पुर्वसिइओ, डिसिइओसहित १० जना बैंकरलाई े मूल्यांकनभन्दा बढी कर्जा दिएको भन्दै छानबिनका लागि प्रक्राउ गरेको थियो । बैंकले धितोले कभर गर्नेमात्रै नभएर बिनाधितो परियोजना मूल्यांकनमा पनि अर्बौ रुपैयाँ कर्जा दिने हुँदा प्रहरीको बुझाइ गलत भएको निष्कर्षसहित बैंकर्सहरु सिआइबी प्रमुख र गृहमन्त्रालयलमा बैंकिङ सिस्टमबारे बुझाउन जान तयार भएका हुन् । संघको निर्णयअनुसार संघ नेतृत्वले…
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने भन्दा पनि ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् ०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको उल्लेख गर्दे अहिले मिसन ८४ मा लागेकोे बताए । यस्तै उनले वर्तमान गठबन्धन सरकार सरकार टिकाउने काममा मात्र लागेको आरोप समेत लगाए । नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886