Author: Bizness Khabar
काठमाडौं, १० वैशाख । नेपालले विभिन्न मुलुकमा द्विपक्षीय व्यापार गर्दै आए तापनि धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा नेपालले १ सय ३० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १६२ मुलुकसँग व्यापार गर्दै आएको छ । जसमध्ये ३२ मुलुकसँगको व्यापार बचतमा छ । नेपाललको द्विपक्षीय व्यापारिक मुलुकमध्ये छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै व्यापार छ । विभागका अनुसार चैतसम्ममा भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ ७७ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालले चालू आवको ९ महिनामा…
काठमाडौं, ९ वैशाख । पछिल्लो समय नेपालको वैदेशिक व्यापार कमजोर बन्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको चैतसम्मको तुलनामा २ दशमलव ९२ प्रतिशतले कम हो । गत आवको सो अवधिमा नेपालको १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाखभन्दा धेरैको वैदेशिक व्यापार भएको थियो । चैतसम्ममा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको ९…
काठमाडौं, ९ बैसाख । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको करिब ७ लाख संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्र सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया…
काठमाडौं, ९ बैसाख । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा स्वदेशी तथा विदेशी गरी २ सय ८६ उद्योग दर्ता भएका छन्, जुन सरकारले उद्योग दर्ताको लागि लिएको वार्षिक लक्ष्यको ७८ दशमलव ३५ प्रतिशत हो । यस वर्षका लािग ३६५ उद्योग दर्ता गर्ने सरकारको लक्ष्य छ । चालू आवको ९ महिनामा यस वर्षका लागि सरकारले लिएको वार्षिक लक्ष्यभन्दा बढी साना उद्योग दर्ता भइसकेको छ । चैत महिनासम्ममा स्वदेशी तथा विदेशी गरी २ सय २३ वटा उद्योग दर्ता भइसकेको छ । तर, यस वर्षका लागि सरकारले २०० मात्र साना उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । तेस्रो…
काठमाडौं, ९ चैत । नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् । महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार शर्मासहितका नेता÷कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए । जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले शर्मा, उनकी पत्नी इन्दु शर्मालगायत नवप्रवेशीहरुलाई स्वागत गर्ने बताए ।
काठमाडौं, ७ बैसाख । कोशी प्रदेशमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव पारित भएको छ । प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू मतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । सभामुख बिष्टले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा गरका छन् ।
काठमाडौं, ७ बैसाख । नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जना कर्मचारी माग गरेको छ । टेलिकमले सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि बिभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो । टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमामा आवेदन माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी जेठ ३ गतेसम्म आदेन दिनसक्ने टेलिकमले जारी गरिएको सूचनामा भनेको छ ।
काठमाडौं, ७ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माका अनुसार भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको हो । ।अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन्
काठमाडौं, ७ बैसाख । नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा ग¥यो ।
काठमाडडौं, ७ बैसाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886