Author: Bizness Khabar
चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुने चिनियाँ सरकारले बताएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृंखला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (निलो पुस्तिका)…
काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन दिएको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विना धितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्र लघु कर्जा दिन बैंकले भनेको छ । विगत दुई वर्षदेखि असल वर्गमा पर्दै आएका समूह सदस्यको हकमा भने ७ लाख रुपैयाँसम्म लघु कर्जा दिन सकिने बैंकले बताएको छ । बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जामा १५ प्रतिशत भन्दा बढी ब्याज नलिन र दलित, मुक्त कमैया, बादी, हलिया, द्वन्द्वपीडित, एकल महिला, अपाङ्ग तथा…
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । यस्तै उनले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका…
काठमाडौं, १५ फागुन । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (आव) २०७९÷८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १ सय ९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एन आएईसी एशिया बैंकबाट पछिल्लो समय २७ अर्ब बराबरको निक्षेप झिकिएको जानकारी दिएका छन् । नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाइ्र्र काठमाण्डौमा सम्बोधन गर्ने क्रममा गभर्नर रअधिकारीले यस्तो जानकारी दिएका हुन् । २७ अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गरे । उनले भने,‘हामीले दिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण यस्तो भएको हो । हामीले यो रेसियोलाई ९० प्रतिशत बनाउँदै गर्दा धेरै बाट विरोध भयो । कतिले यसविरुद्ध लेखे ,कतिले लेखाए । तर आज त्यो व्यवस्था ठिक थियो भन्ने प्रमाणित भयो । कतिपयले यो रेसियोलाई ९५ प्रतिशत…
काठमाडौं, १४ फागुन । साताको दोस्रो दिन नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेर १ हजार ९ सय ९२ दशमलव ३० को बिन्दुमा बन्द भएको छ । आज ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । आज ३ सय १४ धितोपत्रको कारोबार हुँदा १ सय ६७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७५ धितोपत्रको मूल्य घटेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ । कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको…
काठमाडौं, १४ फागुन । लघुवित्त वित्तीय सस्थाका ऋणीहरूले संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।
काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा बैंक बिगार्न अर्को बैंक नै सक्रिय भइरहेको आरोप लगाएका छन् । सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले त्यसैको पहलस्वरुप पछिल्लो समय बैंक बिग्रेको र फेल भएको हल्ला चलाइएको बताएका हुन् । गभर्नर अधिकारीले एउटै संस्था (बैंक) ले अर्को सोही प्रकृतिको संस्थालाई फेलियर बनाउँदा एउटालाई खाने बाघले अर्कोलाई पनि खान्छ भन्ने बुझ्नुपर्ने औंल्याए । ऋणीको क्षमताभन्दा बढी कर्जा दिएसँगै चालू पुँजी कर्जाले बाँधिँदा कर्जाको साँवाब्याज भुक्तानीमा समेत समस्या देखिएको उनको भनाई छ । यस्तै उनले केही समयअघिको ओभर फाइनान्सिनले अहिले बैंक र ऋणी…
काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले सार्वजनिक गरेको सेन्टर कन्ट्र्याक्टमा पुरुषतर्फ ३० जना खेलाडी र महिलातर्फ १९ जना छन् । क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड ए मा छन् । ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् भने ग्रेड सी मा अर्जुन साउद, प्रतिश जीसी, सन्दीप जोरा र विनोद भण्डारी परेका छन् । यस्तै ग्रेड…
काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुन र संस्थागत व्यवस्था मिलाउने घोषणा गरेका छन् । सोमबार संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महतले वित्तीय क्षेत्रको सुदृढीकरण र पारदर्शितामा जोड दिइने बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पूँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ । लघुवित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ ।’
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886