Author: Bizness Khabar
काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले उनका प्रतिसपर्धी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । ’द एबीसी न्युज प्रेसिडेन्सिय डिबेट’मा बुधबार बिहान ट्रम्प र ह्यारिस नर्वाचनअघिको टेलिभिजन बहसमा आमनेसामने भएका थिए । सो क्रममा ट्रम्पले ह्यारिसलाई यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ । यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् ।’ हाल अमेरिकी उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेवारी फिर्ता लिँदै डेमोक्रेट पार्टीबाट…
काठमाडौं, २६ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा १ हजारले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । उक्त दिन सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर…
काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागेको हो । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य शीर्ष नेताहरु पनि सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए । गत भदौ २६ गते नेम्वाङको हृद्यघातका कारण मृत्यु भएको थियो ।
काठमाडौं, २६ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित‘Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ । स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ । बैंकले यसअघि ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर’सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो । यस्तै काठमाडौंस्थित प्रख्यात ट्रिंक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता…
काठमाडौं, २६ भदौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन रू. दुई करोड छुट्याएको जानकारी दिदै अन्य प्रदेशमा शुरू गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए । मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले…
काठमाडौं, २५ भदौ । अब देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । साथै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो । सोही आधारमा टीएमएस नचल्ने…
अस्मिता सापकोटा काठमाडौं, २५ भदौ । ग्रिन हाइड्रोजनको उत्पादनमा लगानी विश्व बजारमा चर्चाको विषय बनेको छ । साथै केही देशहरू यसको सम्भाव्यता खोजमा लागिपरेका छन् भने चीन, अमेरिका, भारत, इङ्ल्याण्ड, जापान लगायत यसको उत्पादनमा अग्रपङ्तिमा छन् । यसैगरी नेपालमा पनि गत कात्तिकमा काठमाडौं युनिभर्सिटी (केयू)ले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगको सफल परीक्षण गरिसकेको छ । ब्रह्माण्डमा सबैभन्दा प्रचुर मात्रामा पाइने तत्व हो हाइड्रोजन । यसको प्राकृतिक रङ वा गन्ध हँुदैन । यो ज्वलनशील हुनुका साथै विष्फोटक पनि हुन्छ । यो ग्यास ऊर्जाको शक्तिशाली स्रोत हो । त्यसैले यसको उत्पादन तथा खपत बढ्दो छ । एक किलोग्राम हाइड्रोजनमा प्राकृतिक ग्यासको तुलनामा…
काठमाडौं, २५ भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सीईओका प्रतिस्पर्धी रेग्मीले बोर्ड सञ्चालक समितिले प्रक्रिया नपु¥याई दीपकराज जोशीलाई सीईओ नियुक्त गरेको दाबी गरेका छन् । बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति (आफू)लाई नियुक्त नगरेर कम नम्बर ल्याउने दीपकराज जोशीलाई नियुक्त गरेको भन्दै सीईओ नियुक्तिविरुद्ध बुधबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । रिट निवेदनमा रेग्मीले आवेदकले परीक्षामा पाएको…
अस्मिता सापकोटा काठमाडौं, २५ भदौ । कुनै पनि व्यापार तथा व्यवसाय शुरू गर्न सजिलो हुँदैन । यसो भन्दैमा व्यवसाय गर्नै नसकिने पनि होइन । व्यापार व्यवसायको महत्व सधैं हुन्छ । त्यसमा पनि अहिले बढ्दो विश्वव्यापीकरण, खुला बजार अर्थतन्त्र र सूचनाप्रविधिको अधिकतम विकासले यसको महत्व तथा आवश्यकता दुवै बढाएको छ । यिनै सम्भावना र अवसरले व्यवसायीकण बढेको मात्र छैन, यसमा लागेकाहरूले मनग्गे लाभ पनि लिएका छन् । तर व्यावसायिक रूपमा सफल हुन सबैलाई सजिलो भने छैन । यसका लागि सटिक योजनाका साथै उत्पादित वस्तु वितरण गर्ने अभ्यास, ज्ञान तथा शीपको आवश्यकता हुन्छ । व्यवसाय शुरू गर्न र त्यसमा अघि बढ्न धेरैले…
काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कुरा लोकन्त्रका लागि मान्य नहुने उनले चेतावनी दिए । उनले भने, ‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ ।’ लोकतन्त्रमाथि धावा नबोल्न सत्तारुढ दलहरूलाई…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886