Author: Bizness Khabar
काठमाडौं, २५ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँ बढेको हो । सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । यसको अघिललो दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा दश रुपैयाँ बढेर प्रतितोला १ हजार ७६५ रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको मूल्य तोलामा पााच रुपैयाँले १ हजार ७५० रुपैयाँमा…
काठमाडौं, २५ भदौ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पुूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशत नगद रहेको छ । लघुवित्तको हाल कायम चुक्ता पुूँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस शेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले प्रस्ताव…
काठमाडौं, २५ भदौ । क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ । क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि…
काठमाडौं, २५ भदौ । पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवतः लामो तीज मेला ८ दिन पूरा गर्दै सम्पन्न भएको छ । छोटो समयको तयारीको बाबजुद पनि यस उत्सवको आयोजना गरिएको थियो । उत्सवको भव्य उद्घाटन महानायक राजेश हमालले गरेका थिए । मेलामा प्रत्येक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रमुख अतिथिको रूपमा अवलोकन गराइएको थियो । तीज सप्ताहन्न उत्सवको ब्रान्ड दिइएको यस कार्यक्रममा एकातिर तीज प्रतियोगिता थियो भने, अर्कोतर्फ वृहत्तर सांस्कृतिक तीजे कन्सर्ट थियो । यी दुवै विधालाई सुन्दर ढङ्गबाट संयोजन गरिएको थियो । तीज गीत प्रतियोगितामा ५५ समूहले नाम दर्ता गरे पनि ३७ समूहले मात्र भाग लिनको लागि…
काठमाडौं, २४ भदौ । नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने जनाएको छ । यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । कति छ मौजदात ? हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०÷०८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ । यसमध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक…
काठमाडौं, २४ भदौ । उद्योग व्यवसायमा संचालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH)सम्बन्त्री तोकिएको मापदण्ड पालना नगर्दा बर्षेनी ठुलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले मापदण्ड तयार गर्नुका साथै उद्योग व्यवसायसंग सम्बन्धित विभिन्न संघ संस्था र ट्रेड युनियन अभियानसंग जोडिएका संघ संस्थाको सहयोगमा सचेतना फैलाउनुका साथै सचेतनाको क्रममा तालीम र गोष्ठी पनि आयोजना गर्दै आई रहेको छ । यही क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बीचमा सन् २०१९ मा आपसी समझदारी (MOU) भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH ) सम्बन्धी कार्यहरु अघि बढि…
काठमाडौं, २४ भदौ । लुम्बिनी प्रदेशसभाका सदस्य धनबहादुर केसी (डिबी) पक्राउ परेको एक दिनमै छुटेका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । रुकुम पूर्व (ख) बाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार आत्मसमपर्ण गरेको थिए । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २…
काठमाडौं, २४ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेको छ । आज परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६ सय दशमलव ०३ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २५ अङ्कले घटेर २७०१ को विन्दुमा कायम भएको थियो । सोमबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसको अघिल्लो दिन १० अर्ब १२ करोड २४ लाखभन्दा बढीको…
काठमाडौं, २४ भदौ । आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन सम्बन्धमा सरकारसँग ८ बुँदे सहमति भएसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो । सहमति भएसँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सम्झौताअनुसार समस्यामा परेका सहकारी बचतकर्ताको बचत फिर्ता र ऋण असुली लगायत विषय पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषण लगायत कार्यमा निरन्तर सहयोग गर्न कार्यदल बनाउने सहमति भएको हो । सरकारले सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय…
काठमाडौं, २४ भदौ । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले भदौ २४ देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा आवेदन दिनु पर्नेछ । सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । तोकिएको समय हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले बताएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886