Author: Bizness Khabar

काठमाडौं, १३ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३० दशमलव ७६ अर्थात १ दशमलव ०३ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै परिसूचक ३ हजार २ दशमलव ०७ को बिन्दुमा बन्द भएको छ । यो करिब ४ वर्ष यताकै उच्च बिन्दु हो । यस अघि २०७८ भदौ १३ गते नेप्से ३ हजार १९८ बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसपछि निरन्तर घटेको परिसूचक गत वर्षको साउन मसान्तमा ३ हजार बिन्दुमा पुगेको थियो । यो बिन्दु आज तोडिएको हो । आज परिसूचक बढेपनि कारोबार रकम झनै घटेको छ । आइतबार २६ अर्ब…

Read More

काठमाडौं, १३ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारीसाधन लन्च गरिने भएको छ । सोमबार सोल्टी होटलको सुरसुधा हलमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले उक्त जानकारी दिएको हो । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपाग्रे र पाँचवटा कमर्सियल गाडीहरू सार्वजनिक गरिने अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले जानकारी दिए । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए । मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक…

Read More

काठमाडौं, १३ साउन । ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवद्र्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन् । ज्योति विकास बैंकको शाखाहरुमा रहेको तोकिएको क्यूआरलाई सक्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरुलाई थप सहजता हुने विश्वास बैंकको छ । यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग…

Read More

काठमाडौं, १३ साउन । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ । सिद्धार्थ बैंकमा हाल १,९५५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले…

Read More

काठमाडौं, १३ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार सुन एउटै मूल्य १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला २ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १३ साउन । हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा आज बिहान ९ बजे एफपीओ बाँडफाँट भएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो । एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको थियो भने १ लाख २१ हजार ६४९ जनाको आवेदन अस्वीकृत भएको थियो । जस अनुसार…

Read More

काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । सोमबार परिसूचक २ दशमलव ०७ प्रतिशतले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९ सय ६२ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन आइतबार परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ को बिन्दुमा कायम थियो । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडमा खुम्चिएको छ । यस दिन ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर १ लाख ७० हजार ७२६ पटक किनबेच भएको…

Read More

काठमाडौं, १२ साउन । हालसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार यही साउन ११ गतेसम्म १० लाख ८७ हजार १४८ हेक्टर जमिनमा रोपाइँ सकिएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १३ दशमलव ७६ प्रतिशत बिन्दुले कम हो । गत वर्षको साउन १३ गतेसम्म ९२ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको थियो । अझै २ लाख ९१ हजार ८१९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ । हाल देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । नेपालको अन्नको भण्डार मानिने मधेश प्रदेशमा हालसम्म धान रोपाइँ आधा मात्र भएको छ ।…

Read More

काठमाडौं, १२ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११ सय रुपैयाँले घटेको सुन आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ११ साउन । विगत आठ दिन यता यस लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो कारोबार दिन नै दोहोरो अङ्कले घटेको छ । आज कारोबार सुरु भएको २६ मिनेट मै परिसूचक ३,००० बिन्दु पार गरेको थियो । १२ बजेर ५२ मिनेट जाँदा परिसूचक ३ हजार १२ को बिन्दुमा पुगिसकेको थियो, तर त्यसयता घट्दै बन्द भएको हो । आज नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ दशमलव २० को बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज…

Read More