Author: Bizness Khabar

काठमाडौं, २४ भदौ । नेपाली बजारमा पहेंलो धातु (सुन)को मूल्य बढेको छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार भने तोलामा सुनको मूल्य १ हजार २०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार तोलामा १०० रुपैयाँले बढेपछि सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँ कायम भएको…

Read More

काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पौडेलले सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा पौडेलले सिग्देललाई पद तथा गोपनीयताको शपथ पनि गराएका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई आजबाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए । सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले…

Read More

काठमाडौं, २४ भदौ । सरकारले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने भएको छ । सोमबार आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो । डिजिटल माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह÷रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् । विभागले जारी…

Read More

काठमाडौं, २३ भदौ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए । यसअघि उनी फरार सूचीमा थिए । २०४८ साल असार ९ गते रुकुम जिल्ला अदालतले धनबहादुरलाई कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । तर, केसीले हालसम्म…

Read More

काठमाडौं, २३ भदौ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् । नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशतले वृद्धि, पेन्सन र पर्यटक करमा २.५ प्रतिशतले वृद्धि गर्ने उल्लेख गरिएको छ । युरोपेली सङ्घमा सन् २०२३ मा प्रतिव्यक्ति दोस्रो सबैभन्दा कम जिडिपी भएको ग्रीसमा सन् २०२७ सम्ममा समृद्धि ल्याउने मित्सोटाकिसले शनिबार थेसालोनिकी अन्तर्राष्ट्रिय मेला (टीआईएफ) को उद्घाटन समारोहमा बताए । सम्बोधनमा ग्रीक प्रधानमन्त्रीले सार्वजनिक र निजी क्षेत्रको ज्यालामा एकरूपता, सस्तो ऊर्जाको प्रयोग गरी हरित सङ्क्रमण र पर्यटनमा बढ्दो वृद्धिको प्रभाव न्यूनीकरणलगायत आफ्नो सरकारले सामना गर्नुपरेका प्रमुख नौ प्रकारका चुनौतीको सामना गर्न…

Read More

काठमाडौं, २३ भदौ । यस साताको कारोबारको सुरुको दिन नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक २५ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०१ दशमलव ९० को विन्दुमा बन्द भएको छ । यस दिन २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० पटक खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ । आज ३२८ धितोपत्र कारोबारमा आए, जसमध्ये १५७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८५ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ । आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक,…

Read More

काठमाडौं, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा मन्त्री दाहालले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिएका हुन् । उनले जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत निर्देशन दिए । उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइरहाले उद्धार र अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे । दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता…

Read More

काठमाडौं, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएकोले उक्त एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । उनले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने उनको भनाई छ । साथै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा…

Read More

काठमाडौं, २३ भदौ । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रिट निवेदनमाथि सोमबार बिहान १० बजेलाई पेशी तोकिएको छ ।

Read More

काठमाडौं, २३ भदौ । गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ । पालिकाले एक विज्ञप्ति जारी गर्दै आर्थिक ऐन २०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको जनाएको छ । भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् । एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर…

Read More