Author: Bizness Khabar
काठमाडौँ, १० फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि योग्य व्यक्तिको माग गर्दै दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जाारी गर्दै उक्त आह्वान गरेको हो । सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । अनुभव भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । उमेरको हदमा भने ३५ वर्ष नकटेको हुनुपर्नेछ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।
त्रिवि उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ पालना गरे÷नगरेको अध्ययनमा जुट्दै प्रधानमन्त्री
काठमाडौं, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले योग्यता प्रणालीको मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरूको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका हुन् । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणमा दिइएको अङ्कका विषयमा प्रधानमन्त्रीले अध्ययन गरेर मात्रै नियुक्ति दिने मनसायमा रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
काठमाडौं, १० फागुन । विभिन्न मुलुकमा नेपालले द्विपक्षीय (वैदेशिक) व्यापार गर्दै आए पनि पछिल्लो समय धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा नेपालले १ सय २८ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । १ सय ५७ मुलुकसँग व्यापार गर्दा नेपाल २९ मुलुकसँगको व्यापारमा मात्र बचतमा छ । चालू आवको माघसम्ममा व्यापारिक मुलुकमध्ये नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ । भारतसँग नेपालको व्यापार घाटा ४ खर्ब ९६ अर्र्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । सो अवधिमा भारतबाट ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजार रुपैयाँको…
काठमाडौं, १० फागुन । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका हुन् । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि प्रातिपक्षी दलका सांसदहरू आ–आफ्ना स्थानमा उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुखले आ–आफ्ना धारणा व्यक्त गर्न विपक्षी दलका सांसदहरूलाई समय दिएका थिए । त्यसक्रममा एमालेबाट सांसद रघुजी पन्त, रास्वपाबाट विराजभक्त श्रेष्ठ र राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाहीले धारणा राखेका थिए । त्यसपछि सभामुखले बैठक शून्य समयतर्फ अगाडि बढाउन लाग्दा विपक्षी सांसदहरू पुनः आ–आफ्ना कुर्सीबाट उठेर अवरोध गरिरहेका छन् ।
काठमाडौं, १० फागुन । राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने भएको छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । गत माघ १८ गते संसदमा दर्ता भएको उक्त विधेयकमा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने…
काठमाडौं, ०९ फागुन । रुसका प्रमुख प्रतिपक्षी नेता एलेक्सीई नभाल्नीको मृत्युले रुस र युक्रेनको युद्धसँगै रुसमाथि आर्थिक प्रतिबन्धहरुमा पनि प्रभाव पार्ने देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार युक्रेनसँगै अन्य देशहरुले पनि रुसमाथि आर्थिक रुपमा थप कडाइ गर्नका लागि माग तथा तयारी गरेका छन् । अमेरिकाले पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । नभाल्नी चार दिनअघि फेब्रुअरी १४ मा मृत भएको खबर बाहिरिएको थियो । रुसको संघीय पेनिटेन्सरी सेवाले नभाल्नीको मृत्यु पश्चिमी साईबेरियामा रहेको यामालो नेनेट्स जेलमा भएको घोषणा गरेको थियो । नभाल्नी पछिल्लो समय विश्वभरमा नै समर्थन पाएका नेताका रुपमा चिनिन्थे । मुख्य गरि पुटिन र उनको सरकारका काम…
काठमाडौँ, ०९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति आफ्नै पार्टीभित्र वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । यस्तै देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उनको भनाई छ । खनालले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दैे मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको उल्लेख गरेका छन् । उनले भने,…
काठमाडौं, ०९ फागुन । बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ८६ अङ्कले घटेर २ हजार २६ दशमलव ५९ बिन्दुमा पुगेर बन्द भएको छ । ३ सय १३ कम्पनीको कारोवार हुँदा १ सय ५९ कम्पनीको शेयर बजार घटेको छ । त्यस्तै ८० कम्पनीको बढेको छ भने ९ कमपनीको शेयर बजार स्थिर छ । ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको शेयर घटेको छ भने एउटा उपसमूहको बढेको छ । विकास बैंक,…
काठमाडौं, ०९ फागुन ।आगामि ६वर्षभित्र बेलायतले नेपाललाई ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७–८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो । बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ । घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ । बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट…
सुनिता सुबेदी काठमाडौं, ०९ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१को सात महिनामा करिब १० खर्बको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको माघसम्ममा कुल ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको माघसम्मको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा १० खर्ब १२ अर्बभन्दा धेरैको व्यापार थियो । सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोडभन्दा धेरै छ, जुन गत आवको माघसम्मको तुलनामा १ दशमलव ७७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा नेपालले ८…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886