Author: Bizness Khabar

काठमाडौं,२० भदौ । सरकारले कम्पनी दर्ता गर्न केही सहजता प्रदान गरेसँगै पछिल्लो समय दर्ता गर्नेको सङ्ख्या बढेको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ६ सय ९९ कम्पनी दर्ता भएका छन्, जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा २० दशमलव ०१ प्रतिशतले बढी हो । अघिल्लो आवमा २१ हजार चार सय १३ कम्पनी दर्ता भएका थिए । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत न्युनतम एक सय रुपैयाँमै कम्पनी दर्ता हुने व्यवस्था गरेको थियो । साथैै नयाँ कम्पनी दर्ता गर्दा, कम्पनीको पूँजी वृद्धि गर्दा कुनै शुल्क वा दस्तुर नलाग्ने तथा दर्ता र खारेजी प्रक्रियालाई अनलाइनबाटै व्यवस्था गर्ने…

Read More

काठमाडौं, २० साउन । सरकारले अगाडि सारेको सर्त मान्न टिकटक तयार भएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारले निर्णय गरेसँगै उक्त सर्त मान्नका लागि टिकटक तयार भएको हो । बुधबार टिकटकका प्रतिनिधि नेपाल आएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गर्दै सरकारले अगाडि सारेका सर्तमान्न तयार रहेको जनाएका हुन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा टिकटकमाथि लगाएको प्रतिबन्ध भदौ ६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने निर्णय गरेको…

Read More

काठमाडौं, २० भदौ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महिनामा रोजगारीका लागि करिब ६० हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनमा वैदेशिक रोजगारीका लागि ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको साउनको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए । तर, गत आवको पछिल्लो २ महिनायता भने रोजगारीका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत आवको जेठमा सबैभन्दा बढी ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका थिए…

Read More

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएका हुन् । युवाहरु विदेशिने क्रम बढ्दो रहेकाले अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्ने उनले बताए । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । भण्डारीले मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको…

Read More

काठमाडौं, २० भदौ । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले युक्रेनले युद्धमा मारिएकाहरूको आँकडा झुटो दिएको बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार उनले मरेका भन्दा थोरै संख्या दिइएको बताएका छन् । अमेरिकाका पडकास्टर लेक्स फ्रिडम्यानसँगको कुराकानीमा बोल्दै ट्रम्पले युक्रेनले रुससँगको आईटीएस संघर्षमा मृत्युको वास्तविक संख्यालाई जानाजानी ढाकछोप गरेको आरोप लगाएका हुन् । पडकास्ट मङ्गलवार सार्वजनिक भएको हो । कुराकानीमा ट्रम्पले भनेका छन्, ‘उनीहरू संख्या थोरै देखाउन खोजिरहेका छन् । उनीहरूले दुई ब्लक भएको भवन भत्काउँछन् । अनि भन्छन्, एक जनालाई सामान्य चोट लागेको छ । त्यो हुँदै होइन । धेरै मान्छे मारिएका छन् ।…

Read More

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने,‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको हो ।’ क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय…

Read More

काठमाडौं, २० भदौ । नेपालका प्रमुख व्यापारिक मुलुक भारत र चीन हुन् । दशकौंदेखि यी दुई मुलुक नेपालका प्रमुख दुई व्यापार साझेदारका रूपमा रहँदै आएका छन् । तर, नेपालको वेदेशिक व्यापार साझेदार तेस्रो ठूलो मुलुकबारे पनि खासै धेरै चर्चा हुँदैन । भारत र चीनपछिको ठूलो व्यापार साझेदार मुलुक प्रायः परिवर्तन भइरहनदे भएकाले पनि धेरै चर्चा नभएको पनि हुन सक्छ । यद्यपि कुनै पनि मुलुकका लागि प्रमुख व्यापार साझेदार मुलुकहरू र तिनसँग हुने व्यापारले ठूलो अर्थ राख्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा १०३ मुलुकसँग नेपालको व्यापार भएको छ । नेपालको वैदेशिक व्यापारमा छिमेकी मुलुक भारत…

Read More

काठमाडौं, २० भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज (बिहीबार) दर खाएर मनाइँदै छ । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दरखाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू,…

Read More

काठमाडौं, २ साउन । एक वर्ष अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता करिब ६२ अर्ब रुपैयाँ बराबरको आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को अन्तिमसम्ममा ६१ अर्ब ९० करोड ४५ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ६२.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको १२ महिनामा यस्तो प्रबिद्धता ३८ अर्ब ४० करोड ७५ लाख लगानी प्रतिबद्धता गरिएको थियो । विभागका अनुसार गत आवको असारमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । सो महिना मात्रै १७ अर्ब ४८ करोड ४७ लाख बराबरको प्रतिबद्धता आएको छ । ५ खर्ब नाघ्यो…

Read More

काठमाडौं, २० असार । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निमाण गर्ने परियोजनाको बैंकिङ्…

Read More