Author: Bizness Khabar
काठमाडौं, १० असोज । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३ दशमलव ८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको साउनमा यस्तो दाबी १२ दशमलव २ प्रतिशतले बढेको छ । चालू आवको साउनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।…
काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै दिगो विकासमा एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्बोधनमा प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न…
काठमाडौं, ११ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ । यो…
काठमाडौं, १० असोज । पछिल्लो एक वर्ष अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ४२ प्रतिशत विन्दुले कम हो । गत आवको साउनमा यस्तो मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहहरुको…
काठमाडौं, १० असोज । पछिल्लो एक वर्ष अवधिमा चालू खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा चालू खाता ३० अर्ब ८९ करोडको बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता १३ अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ । चालू आवको साउनमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी…
काठमाडौं, १० असोज । चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको साउनमा विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ, जुन गत आवको असार मसान्तयता २ दशमलव ५ प्रतिशतले बढेको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा चालू आवको साउनमा २ प्रतिशतले बढेर १५ अर्ब ५८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति…
काठमाडौं, १० भदौ । चालू आर्थिक वर्षको पहिलो माहिनामा १ खर्ब ३६ अर्ब ९३ करोड बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको साउनको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो । चालू आवको साउनमा वैदेशिक रोजगारीका लागि ३६ हजार ९२८ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २२ हजार ६४७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२…
काठमाडौं, १० असाज । ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयले १६…
काठमाडौं, १० असोज । इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः सुरु गरेको छ । लेबनानी सैन्य स्रोतका अनुसार इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् । सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको बताएको छ । लेबनानमा बुधबार जारी इजरायली हवाई हमलाबाट ५१ जनाको मृत्यु भएको र २ सय २३ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको छ । सोमवार र मङ्गलबार इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको थियो । उक्त आक्रमणबाट देशभर ५…
काठमाडौं, १० असोज । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गरेकी छन् । पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू बढी समस्यामा परिरहेका दृष्टान्त पेस गर्दै मन्त्री डा राणाले भनिन् ‘कोभिड १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनीतिक तनाव आदिका कारण यी देश पीडित भएका छन् । जसका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् ।’ न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा विश्वका शक्तिशाली मानिएका २० मुलुकको समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले एलडीसी मुलुकहरूलाई सहयोग गर्न…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886