Author: Bizness Khabar
काठमाडौं, १० असोज । नेपालीहरुको प्रमूख ठूला चाड नजिकै आइसकेको छ । चाडबाड नजिकिदा समेत रोजगारीको खोजीमा विदेश जानेको सङ्ख्यामा भने कमी आएको छैन । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को भदौमा मात्रै ५९ हजार ५ सय ७५ जनाले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन गत आवको भदौको तुलनामा १७ दशमलव ०८ प्रतिशतले बढी हो । गत आवको दोस्रो महिनामा वैदेशिक रोजगारीका लागि ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार साउन र भदौमा गरि कुल १ लाख १७ हजार ८६ जना रोजगारीको खोजीमा विदेश गइसकेका छन्, जसमध्ये १ लाख…
काठमाडौं, १० असोज । यस साताको पाँचौ दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो, जुन बिहीबार नै तोडिएको छ । सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । यस साताको सुरुवातदेख नै रेकर्ड बनाउँदै आइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज…
अस्मिता सापकोटा काठमाडौं, ९ असोज । कुनै पनि वस्तु वा सेवा उत्पादन गरेर बेच्नकै लागि ब्राण्ड चाहिँदैन । तर यदि कोही उद्यमीले आफ्नो उत्पादन वा सेवाबाट समाजमा प्रभाव परोस् र त्यो उत्पादनको माग लामो समयसम्म भइरहोस् भन्ने चाहन्छ भने ब्राण्ड अनिवार्य छ । कुनै पनि उत्पादनको ब्राण्ड बनाउने काम त्यति सजिलो भने छैन । तर पछिल्लो समय उद्यमीहरू आफ्नै ब्राण्ड बनाउने कार्यमा लागि परेका देखिन्छन् । यो क्रम २०२४ मा त झनै धेरै छ, जुन आगामी केही वर्षसम्म पनि चलिरहने देखिन्छ । उपभोक्ताले कुनै पनि सामान किन्दा ब्राण्ड भ्यालु भएको मन पराउने हुँदा उद्यमीहरू ब्राण्ड बनाउन लागि परेका छन् ।…
काठमाडौं, ९ असोज । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्न जस्ता समस्यालाई घटाउनका लागि सो परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त घोषणासँगै अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिरररया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ । यस परिवर्तनको उद्देश्य अवरुद्ध प्रयोगकर्ताहरूलाई उनीहरूले पहिले देख्न नसक्ने कुनै पनि हानिकारक सामग्री पहिचान गर्न र रिपोर्ट गर्ने क्षमता दिनु हो । यो परिवर्तनले प्रयोगकर्ताहरू बिच व्यापक बहस उत्पन्न गर्ने कम्पनीको अपेक्षा…
काठमाडौं, ९ असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई असोज १० गतेदेखि १६ गतेसम्म दर्ताका लागि आह्वान गरेको हो । आयोगले सूचनामा राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ । दल दर्ताका लागि निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार…
काठमाडौं, ९ असोज । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको बताइएको छ । भेटमा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोही अवसरमाा अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् ।…
काठमाडौं, ९ असोज । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७०० ले बढेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ८ गते (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जुन बुधबार नै तोडिएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ९१५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँमा…
गण्डकी, ८ असोज । नेपालको पर्यटकिय राजधानी पोखरामा बुधवार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने भएको छ । सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
काठमाडौं, ७ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धिः एसियाली व्यापार अर्थतन्त्रमा आग्रह गरे । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गरे । साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा…
काठमाडौं, ७ असोज । चालू आर्थिक वर्ष २०८१÷८२ को भदौमा घरजग्गा कारोबारमा ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको छ, जुन साउनको तुलनामा २५ दशमलव १७ प्रतिशतले कारोबारमा कमी आएको हो । गत साउनमा ४३ हजार ८ सयभन्दा बढीको कारोबार भएको थियो । देशभरको मालपोत कार्यालयहरूबाट माथि उल्लिखित सङ्ख्यामा घरजग्गाको कारोबार भएको हो । गत आवको भदौको तुलनामा पनि यस वर्ष घरजग्गा कारोबार ८ दशमलव ०९ प्रतिशतले घटेको छ । गत आवको भदौमा ३५ हजारभन्दा बढी घरजग्गा कारोबार भएको थियो । यस्तै सरकारले चालू आवको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886