Author: Bizness Khabar
काठमाडौं, १७ जेठ । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि नेपालले दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको हो । खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक…
आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखिएको छ । सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त लक्ष्य रहेको उद्घोष गरेका हुन् । सरकारले चालू आर्थिक वर्षमा पनि ६ प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर यस वर्ष ३.९ प्रतिशत मात्र हासिल हुने अनुमान गरिएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले चालू आर्थिक वर्ष २०८१–८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा उक्त आकारको बजेट घोषणा गरेका हुन् । उक्त बजेट चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटको ६.द्द प्रतिशतले बढी र संशोधित आकारको तुलनामा २१.छट प्रतिशतले बढी हो । यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रहेको छ भने वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रहेको छ ।
काठमाडौं, १५ जेठ । आगामी बिहिबार देखि ‘श्रमाधान रोजगार मेला’ शुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगर देखि मेलाको शुरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । मेला देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले बताए । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई…
काठमाडौं १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्दै छ । तर, सरकारले चालू आर्थिक वर्षको लागि छुट्याइएको बजेट विनियोजनको आधा पनि खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बजेट आउने अघिल्लो दिनसम्म्म अर्थात् (चालू आर्थिक वर्ष २०८०–८१ को जेठ १४ गते) सम्ममा सरकारले पुँजीगत खर्च १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ गरेको छ, जुन सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको वार्षिक लक्ष्यको ४१.४१ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले…
काठमाडौं, १४, जेठ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमताअभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमाअभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए । उनले भने,“संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमाअभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिको बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।” बीमामार्फत…
काठमाडौं, १४ जेठ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नबनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बराललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित थिए ।
काठमाडौं, १४ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ९३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अङ्कले बढेर २१ सय १३ दशमलव २७ को विन्दुमा बन्द भएको छ । आज ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४ सय ८३ पटक किनबेच हुँदा कुल ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । आज ३१७ धितोपत्रको कारोबार हुँदा १४९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९० धितोपत्रको मूल्य घटेकोे छ भने ८वटा धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा उपसमूहको…
काठमाडौं, १३ जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २१ सय ९ दशमलव ३४ को विन्दुमा बन्द भएको छ । आज १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँको कारोबार भएको छ । आज ३१५ धितोपत्रको कारोबार हुँदा २१५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २० धितोपत्रको मूल्य बढेकोे छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल्स…
काठमाडौं, १३, जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रममन्त्री, श्रममन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर अफवाह फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ । मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886