Author: Bizness Khabar

काठमाडौं । सडक विस्तारका क्रममा विवाद भएपछि लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् । विष्टका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय ७५ लाख रुपैयाँ बजटमा कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ…

Read More

काठमाडौं, ०६ फागुन । बेलायतको लन्डनबाट अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले होलिडेज पार्टनर होटलको रुपमा नेपालको पाँचतारे ‘अलफ्ट काठमाडौं’ छनोट गरेको छ । सन् २०२४ बाट व्यवसायिक उडान गर्न लागेको हिमालय जेटले पहिलो पटक होलिडेज पार्टनर होटलको रुपमा होटल म्यारियटअन्तर्गतको अलफ्ट काठमाडौंलाई छनोट गरेको हो । एयरलाइन्सले आफ्नो उडानका यात्रुको सुविधाका लागि विभिन्न मुलुकमा हिमालय माइल्स स्किमअन्तर्गत होटल, क्लब, रेष्टुरेन्ट, लक्जरियस सिनेमा हल, डोमेस्टिक एयरलाइन्स, क्यासिनोहरुमा छूटलगायत सुविधा उपलब्ध गराउने छ । उक्त योजनाअन्तर्गत नेपालबाट आफ्नो पहिलो सम्झौता अलफ्ट काठमाडौंसँग सम्झौता गरेको हो । विश्वभर यात्रुहरुलाई होटलको ४ हजार ‘किज्’ उपलब्ध गराउने योजनाअनुसार हिमालय जेटले संसारभर आफ्ना होलिडेज् पाटर्नरलाई…

Read More

काठमाडौं, ०६ फागुन । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवासुविधा लिँदा छुट पाउने गरी बैंक र हेयर एण्ड शान्ति बिच समझदारी भएको छ । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका छन् । नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो । त्यस्तै हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १०…

Read More

काठमाडौं, ०६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १३ मा दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई तत्काल हटाउनुपर्ने माग गरेका हुन् । बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो । आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनीहरूलाई तत्काल पदबाट हटाउन एमालेले माग गरेको हो । आयोगले मन्त्री…

Read More

काठमाडौँ, ०६ फागुन । चार दलीय समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने भएको छ । आइतबार एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय गरेको छ । आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा भएकाले बैठकमा अनुपस्थित थिए । यस्तै कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले अन्य दललाई मोर्चामा सहभागी गराउने विषयमा छलफल नभएको बताए । बैठकमा मोर्चाले अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा र आगामी दिनका थप योजनाबारे छलफल भएको उनको भनाई छ ।

Read More

काठमाडौं, ०६ फागुन । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव पेस नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ । साथै बैठकले गत आवको वित्तीय विवरणहरु पारित गरी बीमा प्राधिकरणमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौं, ०६ फागुन । सरकारले माघ महिनामा शेयर बजारबाट ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीको तथ्यांकअनुसार चालू आर्थिक वर्षका महिनामा माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा बढी हो । शेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविध शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ । माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ १…

Read More

काठमाडौं, ०६ फागुन । आज आइतबार हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउनका लागि सुरक्षित हुने अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने छन् । आइतबारसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले कम्पनीद्वारा यसअघि घोषित ४ प्रतिशत सेयर बोनस पाउने र साधारणसभामा सहभागी हुन सक्ने छन् । कम्पनीले लाभांश प्रयोजनका लागि सोमबार बुक क्लोज तय गरिएको सार्वजनिक सूचनामार्फत बताएको छ । सो बमोजिम अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा सहभागी हुन पाउँछन् । फागुन २० गते राष्ट्रिय सभागृहमा कम्पनीको साधारणसभा बस्दैछ । साधारणसभामा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर…

Read More

काठमाडौं, ०४ फागुन । ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालिएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ सुरु गरेको हो । ०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको विभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर उद्घाटन गरेकी हुन् । प्रचलित खरिद कानुनअनुसार जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ गरेको हो । विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको छ । नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रकियामा सहज हुने विश्वास विभागको छ । आगामी…

Read More

काठमाडौं, ०४ फागुन । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् । विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ । कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन आवश्यक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Read More