Author: Bizness Khabar
काठमाडौं, ८ जेठ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना मार्फत प्रकाशन गरेको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।
काठमाडौं, ८ जेठ । विज्ञ तथा सरोकारवालाहरूले विश्व व्यापार संगठनको सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले डब्लुटिओमा नेपालको प्रवेशको २० वर्ष शीर्षकमा राखेको छलफलमा विज्ञहरूले अपेक्षित लाभ लिन नसकेको बताएका हुन्। काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा. डा. अच्युत वाग्लेले हरेक वर्ष व्यापार घाटा बढ्दै जानु, नेपालले व्यापार प्रतिस्पर्धा गर्न नसक्नु मुख्य समस्या भएको बताए । उनले यस्ता विषयमा निरन्तर छलफल गर्नुपर्ने बताए। हरेक नीति तथा नियम अनुसन्धान र डाटाका आधारमा बनाउनु पर्नेमा उनले जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थवद् डा.…
काठमाडौं, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना परेको हो । २ जनाको मृत्यु भएको छ भने २१ ज्ना घाइते भएका हुन् । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना…
काठमाडौं, ७ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको बताए । पाण्डेले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । यस्तै उनले प्रधानमन्त्रीले विश्वासको मत पाए पनि प्रतिपक्ष दलहरूको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए । शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने उनको भनाई थियो ।
काठमाडौं, ७ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव २७ दशमलव ५४ अङ्कले बढेर २ हजार ९२ को विन्दुमा बन्द भएको छ । सोमबार १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९ सय ८२ पटक किनबेच हुँदा कुल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँको कारोबार भएको छ । आज ३१५ धितोपत्रको कारोबार हुँदा १३४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०७ धितोपत्रको मूल्य घटेकोे छ भने ५ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको…
काठमाडौं, ७ जेठ । पछिल्लो समय वित्त कम्पनीहरुको खराब कर्जा बढ्दै गएको छ । तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०–८१ को तेस्रो त्रैमाससम्ममा वित्त कम्पनीको खराब कर्जा १० दशमलव ४० प्रतिशत पुगेको छ, जुन आव २०७७–७८ को चैतसम्मको तुलनामा ४ दशमलव ६९ प्रतिशत विन्दुले बढी हो । आव २०७७–७८ को सोही अवधिमा वित्त कम्पनीको खराब कर्जा ५ दशमलव ७१ प्रतिशत मात्र थियो । पछिल्ला आर्थिक वर्षमा वित्त कम्पनीको खराब कर्जा निरन्तर वृद्धि भइरहेको छ, जसअनुसार आव २०७८–७९ को सोही अवधिमा आइपुग्दा बढेर ७ प्रतिशत पुगेको…
काठमाडौं, ६ जेठ । पछिल्लो एक वर्ष अवधिमै ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा कुल ३६ लाख १९ हजार ५९८ मोबाइल बैंकिङ् प्रयोगकर्ता थपिएका छन् । गत आवको चैतसम्ममा २ करोड ४ लाख ३४ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा चालू आवको सो अवधिमा बढेर २ करोड ४० लाख ५३ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता पुगेका छन् । अर्थात् यो सङ्ख्या एक वर्ष अवधिमा १७ दशमलव ६७ प्रतिशतले बढेको हो । यस्तै चालू आवको चैतसम्ममा १९ लाख ४ हजार ७३३ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको…
काठमाडौं, ६ जेठ । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुगेको छ । धादिङको गजुरी, बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुगेको हो । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युतको पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको बताएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर…
काठमाडौं, ६ जेठ । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सो सीमानाका आज राति साढे १० बजेदेखि सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइचमा सोमबार निर्वाचन हुँदैछ । खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि…
काठमाडौं, ३१ वैशाख । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अघि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ–गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ,बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886