Author: Bizness Khabar

काठमाडौं, ०४ फागुन । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआईबीच विद्युतीय उक्त सम्झौता भएको हो । राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो । राष्ट्र बैंक र आरबीआईबीच बिहीबार सम्झौता भएको हो । सम्झौताका लागि राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी भारत मुम्बईमा छन् । गभर्नर अधिकारी र आरबीआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा मुम्बईमा सम्झौतामा हस्ताक्षर भएको छ । सरकारले यसअघि नेपाल र भारतबीच अन्तरदेशीय…

Read More

काठमाडौँ, ०४ फागुन । भिजी इम्पेक्स प्रालि नेपालका लागि जीडब्लुएमका सवारीसाधनहरूका आधिकारिक आयातकर्ता र वितरकले ओरा ०३ इलेक्ट्रिक कारका लागि नयाँ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । योजनाको अवधि माघ २८ देखि फागुन ३० सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत् बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरिज प्राप्त गर्न सक्नेछन् । ओरा ब्रान्ड अन्तर्गत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जीडब्लुएमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र…

Read More

काठमाडौं, ०४ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको मिति बैठकले संस्थाका अध्यक्ष पदमा सञ्चालक मनिष अर्याललाई चयन गरेको हो । यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले संस्थाका निवर्तमान अध्यक्ष विर बहादुर अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

Read More

काठमाडौं, ०४ फागुन । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिफारिस गरेको छ । आयोग उपाध्यक्षको नेतृत्वमा रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट १८ खर्बको ल्याउने गरी तयारी गर्न मन्त्रालयलाई सिफारिस गरेको हो । बजेट निर्माणका लागि आवश्यक छलफलमा १८ खर्ब बजेट बनाउन सुझाव आएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले नेपालमा अझै पनि चुस्त दुरुस्त खर्च गर्न समस्या हुने गरेको बताए । सरकारले चालू आर्थिक वर्षका लागि गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरे पनि गत सोमबार अर्थमन्त्री डा. महतले चालू…

Read More

काठमाडौं, ०४ फागुन । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहिबार उक्त जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । यस्तै अदालतले प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । प्रतिवादीहरु सुनिति राणा, सैलजा राणा, हेमन शम्शेर, हाटक शम्शेर, रक्म शमशेरका साथै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्त प्रसाद श्रेष्ठ, मुकुन्द प्रसाद आचार्य, जगत…

Read More

काठमाडौं, ०४ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८ सय २७ रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको सोहि अवधिको तुलनामा ९० दशमलव १५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको थियो । पुससम्ममा कम्पनीको बिक्री आम्दानी ९३.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ६ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले कर्मचारीतर्फ १७ करोड ५० लाख र प्रशासनिक तर्फ १० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषको आकार १…

Read More

काठमाडौं, ०३ फागुन । नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कामहरू गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमा सम्पन्न ’स्पोर्ट्स ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सात वटा सम्झौता भएका छन् । कोरियाको नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेशन, हान्याङ विश्वविद्यालय र एमआईटी फाउन्डेशनले संयुक्तरूपमा गोष्ठी आयोजना गरेका थिए । यस्तै सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि…

Read More

काठमाडौं, ०३ फागुन । बिहिबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले घटेरे दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ । आज एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा किनबेच भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा घटेको छ भने एक उपसमूहको शेयर मूल्य बढेको छ । सबै भन्दा बढी आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । सो कम्पनीको २२…

Read More

काठमाडौं, ०३ फागुन । कर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ विपरीत पूर्वमुख्यमन्त्रीलाई सवारी सुविधा दिएको पाइएको छ । पुस २५मा बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पूर्वमुख्यमन्त्रीका हैसियतले सवारीसाधन उपलब्ध गराउने निर्णय भएको पाइएको हो । प्रदेश सरकारका तत्कालीन पूर्वमुख्यमन्त्री शाहीलाई विद्यमान कर्णाली प्रदेशसभाको कार्यकालभर प्रदेशसभा सदस्य रहुञ्जेलसम्म निजले प्राप्त गर्ने सुविधामा दोहोरो नपर्ने गरी सवारी सुविधा दिइएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट यातायात सुविधाबापत गाडी १,सवारीचालक १, गाडी मर्मत खर्च वार्षिक बढीमा १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।…

Read More

काठमाडौँ,०३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले उक्त प्रस्ताव गरेका हुन् । थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न उल्लेख छ ।

Read More