Author: Bizness Khabar

काठमाडौं, ८ चैत । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ३७ अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले घटेर २ हजार ४८ दशमलव ५७ को विन्दुमा बन्द भएको छ । आज १ कराड ८५ लाख ५२ हजार ७ सय पाँच कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ । यस्तै आज ३ सय १५ धितोपत्रको कारोबार भएको छ । कारोबार भएका धितोपत्रमध्ये १ सय ८७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४९ धितोपत्रको मूल्य बढेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ…

Read More

काठमाडौं, ८ चैत । इन्डोनेशियाको राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो निर्वाचित भएका छन् । इन्डोनेशियामा अघिल्लो महिना राष्ट्रपती चुनाव भएको थियो । उक्त चुनावमा ७२ वर्षीय सुबिआन्तो ५८ दशमलव ५९ प्रतिशत मत ल्याएर राष्ट्रपति निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सुबिआन्तोका निकटतम प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका थिए । निर्वाचित भएपछि पहिलो वक्तव्य दिँदै उनले इन्डोनेशियाका जनताको भलाइका लागि हरसम्भव कडा परिश्रम गर्ने बताएका छन् । उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

Read More

काठमाडौं, ८ चैत । सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । बिहीबार सूर्य दर्शन बचत पीडित संघर्ष समितिले उक्त संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था गरिदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा समक्ष निवेदन दिएका हुन् । उक्त सहकारीले १८ हजार ७ सय बचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरूले निवेदनमा उल्लेख गरेका छन् । यस्तै उनिहरुले सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि…

Read More

काठमाडौं, ८ चैत । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा अिर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक दर्ता गरेका हुन् । अर्थमन्त्री पुनका अनुसार संविधान बमोजिम तीन वटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐन संशोधन गर्न लागिएको हो । उक्त विधेयक संसदमा पेस गर्न अर्थ मन्त्रालयलाई २५ माघ २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन…

Read More

काठमाडौं, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्री पुनले युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी कार्यक्रम ल्याउने र आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाएका जनाएका छन् । अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्न सक्ने अवस्था रहेको भन्दै त्यहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको बताए । यस्तै उनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवाले आईटीमा काम गरिरहेको समेत दाबी गरे । अर्थमन्त्री…

Read More

काठमाडौं, ८ चैत । इण्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्दै छन् । आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् । यस्तै भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ । भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता राउण्ड रोबिन आधारमा खेलाइने क्रिकेट…

Read More

काठमाडौं, ८ चैत । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । काठमाडौँमा सम्पन्न ८औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनका रुपमा रहेको उक्त संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित मल्लको अध्यक्षतासहित कार्यसमितिको अवधि २ वर्षको हुनेछ । साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् भने महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला र सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् ।

Read More

काठमाडौं, ८ चैत । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ’एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच सम्झौता भएको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने छ । अन्तर्राष्ट्रिय बजारमा अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो…

Read More

काठमाडौं, ८ चेत । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए यस्तै बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक…

Read More

काठमाडौं, ८ चेत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । चौधरीले बिहीबार बिहान सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बयान दिएपछि पत्रकारहरुमाझ कुराकानी गर्दै आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । उनले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’ यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्र, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ । आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको समेत उनको भनाई छ । यस्तै उनले आफू…

Read More