Author: Bizness Khabar
काठमाडौं, ११ साउन । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले आयोजना संचालनमा ल्याइएको थियो । आयोजनाको पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानमा रहेका पानीपोखरीहरूसम्म थोक वितरण प्रणाली निर्माण, उपभोक्ताका धाराहरूमा पानी पुर्याउन खानेपानी वितरण प्रणाली निर्माण र दुईवटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न…
काठमाडौं, ११ साउन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ ८ गते हुने राष्ट्र बैंकले जनाएको…
काठमाडौं, ११ साउन । आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ११ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ९४ हजार ७ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका ४२ करोड नयाँ बैंकनोट छपाइ तथा आपुर्तिका लागि बोलपत्र आह्वान गरेको हो छ । नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले २०२५ सेप्टेम्बर ७ तारिखसम्म मुद्रा व्यवस्थापन विभाग थापाथलीमामा बोलपत्र पेस गर्न सक्नेछन् । प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं, ९ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बिहीबार सुन १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ८ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर दुई हजार ९८२ दशमलव ६४ बिन्दुमा कायम भएको हो । आज ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो । आज १२३ धितोपत्रको शेयर मूल्य बढ्दा १२७ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार हाइड्रोपावर २, विकास बैंक १ दशमलव ०६,…
काठमाडौं, ८ साउन । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्ल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ८ साउन । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि…
काठमाडौं, ७ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर दुई हजार ९७८ दशमलव ८८ बिन्दुमा कायम भएको हो । आज ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ९८ धितोपत्रको शेयर मूल्य बढ्दा १५२ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् । बुधबार फाइनान्स ३ दशमलव २३, अन्य १ दशमलव ४४, हाइड्रोपावर शून्य…
काठमाडौं, ७ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ८० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज १ गते हुने छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886