Author: Bizness Khabar
काठमाडौँ, ०३ फागुन । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ का लागि धितोपत्र बोर्डमा आवेदन परेको छ । कम्पनीको प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्नका लागि माघ २८ गते बोर्डमा आवेदन दिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा छ । कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । गरिमा विकास बैंक लिमिटेडको…
काठमाडौं, ०३ फागुन । आगामी वैशाख २७ देखि ३० सम्म भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ (हाउजिङ एन्ड कन्स्ट्रक्सन नेपाल) सञ्चालन हुने भएको छ । हाउस अफ राजकर्णिकारले आयोजना गर्ने हाउजिङ, भवन र निर्माणसम्बन्धी एक्स्पोको यो तेस्रो संस्करण हो । आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग छ । तर, नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्था छ । आवास र निर्माण नेपाल २०२४ ले क्रेता–बिक्रेता…
काठमाण्डौं, ०३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२६३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
काठमाडौं,०३ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्सको स्थापना कालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले राजीनामा दिएका हुन् । युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए । तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा खत्री व्याक भएका थिए । अन्तत युनाईटेड र अजोड इन्स्योेरेन्स एक आपसमा मर्जरमा जाँदा उनले सीईओ पद भने हात पार्न सकेका थिएनन् । नेपाल बीमा प्राधिकरणले मर्जर सम्बन्धि विशेष निर्देशन दिँदै मर्जर…
काठमाडौं,०३ फागुन । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पानर्का लागि आजनै शेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५ दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव २८९ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाण्डौ, ०३ फागुन । कमजोर घरेलु उपभोगका कारण अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित हुँदा जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ । जापानको क्याबिनेट कार्यालयको तथ्याङ्क अनुसार सन् २०२३ को अन्तिम तीन महिनामा कुल गार्हस्थ्य उत्पादन ०.४ प्रतिशत को वार्षिक गतिमा संकुचित भएकोे थियो । कार्यालयका अनुसार अघिल्लो त्रैमासमा पनि जापानको कुल ग्राहस्थ उत्पादनमा कमी आएको थियो । यदि लगातार दुई त्रैमाससम्म कुनै देशको अर्थतन्त्रमा संकुचन आउँछ भने त्यसलाई मन्दीको रूपमा परिभाषित गरिन्छ । अर्थतन्त्रको आधा हिस्साको रुपमा रहेको जापानको निजी उपभोग ० दशमलव २ प्रतिशतले घटेको छ । जापानी उपभोक्ताहरूले खाना, इन्धन र अन्य सामानहरूको लागि उच्च मूल्यको सामना गरिरहेकोले उपभोग खर्च…
काठमाडौं, ०३ फागुन । आगामी फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँ अंकित दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओको निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा…
काठमाडौं, ०२ फागुन । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक बढेर २ हजार ७६ दशमलव ५० बिन्दुमा पुगेर बन्द भएको छ । ३ सय २ कम्पनीको कारोवार हुँदा १ सय ३१ कम्पनीको शेयर बजार बढेको छ । त्यस्तै १ सय १२ कम्पनीको घटेको छ भने ४ कमपनीको शेयर बजार स्थिर छ । १ करोड २३ लाख ६३ हजार शेयर कित्ता शेयर किनबेच हुँदा ४ अर्व २५ करोड २७ लाखभन्दा धेरैको कारोबार भएको छ । आज ७ वटा उपसमुहको शेयर बढेको छ भने ६ वटाको घटेको छ । विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फण्ड, निर्जीवन…
काठमाडौं, ०२ फागुन । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा त्रुटि गरेको भन्दै मुक्तिनाथसहित विकास बैंक र फाइनान्स कम्पनीलाई सुपरिवेक्षकीय कारबाही गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षणद्वारा सार्वजनिक चालू वर्षको पुस मसान्तसम्म कारबाहीमा परेका विकास बैंकमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन्।यीमध्ये सप्तकोसी र नारायणी डेभलपमेन्ट बैंक दुई÷दुई पटक कारबाहीमा परेका हुन् । कानुन विपरीत ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता…
काठमाडौं, ०२, फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल कुवेतसँग ८ विकेटको विजयी भएको छ । नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । वर्षाले खेल प्रभावित भएपछि जितक लागि ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाएकी थिइन भने सीता राना मगर १७ रनमा आउट भएकी थिइन । यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886