Author: Bizness Khabar

अस्मिता सापकोटा काठमाडौं, ३० भदौ । नेपालका सहर, बजार क्षेत्रतिर फ्रिज तथा वाशिङ मेशिन जस्ता उपकरणको प्रयोग बढ्दो छ । तुलनात्मक रूपमा यस्ता सामग्री महँगो हुने भए तापनि दैनिक जीवनमा पार्ने सहजताको कारण यसको माग बढिरहेको छ । पैसा धेरै नै खर्च हुने भएकाले यस्ता सामान एक पटक किनेपछि पुनः किनिरहन पनि त्यति सम्भव हँुदैन । यसको विकल्पमा पुरानै उपकरणलाई मर्मत गर्न सकिन्छ । १. मर्मत कुनै पनि उपकरण बिग्रिएपछि त्यसको स्थानमा नयाँ किन्नुभन्दा पुरानैलाई मर्मत गर्नु बचतको हिसाबले राम्रो कुरा हो । नचाहिँदो पैसा खर्च गरेर नयाँ उपकरण किन्नुभन्दा पुरानै बनाउँदा पैसा जोगिनुका साथै वातावरणलाई पनि हानि पुग्दैन ।…

Read More

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ । इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइन्छ । इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । लिंगो ठड्याउने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको…

Read More

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । उनले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई…

Read More

काठमाडौं, २८ भदौ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख २१ गतेको भूकम्पबाट ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी…

Read More

काठमाडौं, २८ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको हो । सो दिन सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन छापावाल सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ पनि…

Read More

काठमाडौं, २८ भदौ । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) नेपालले ‘कोइका नेपाल कार्यालय फोटो प्रदर्शनी र साँस्कृतिक कार्यक्रम २०२४’ को आयोजना गरेको छ । उक्त कार्यक्रम २०८१ भदौ २६ र २७ गते पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) स्थित कोइका आइसिटि सेन्टरमा सम्पन्न भएको हो । कोइकाले यो कार्यक्रम नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको हो, जुन सन् १९७४ मा स्थापना भएको थियो । यस कार्यक्रमा कोइकाले नेपालको विकासमा गरेको सहयोग र योगदानलाई समृद्धि, खुशी र मानवता लगायत विषयवस्तुमा आधारित रही उजागर गरिएको थियो । साथै यस कार्यक्रममा कोरियाली खानपान, परम्परागत खेलकुद, क्यालिग्राफी लगायत…

Read More

काठमाडौं, २८ भदौ । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परेको गाडी पुथा उत्तरगंगा गाउँपालिकाको रहेको छ । प्रहरीले घटनास्थलबाट भुपेन्द्रा बुढाको लाइसेन्स र पालिकाको कार्ड फेला पारेको छ । अन्य मृतक एक जना महिला र अर्का एक जना पुरूषको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ…

Read More

काठमाडौं, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । अब फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संशोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि चालू आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संसोधन गर्ने गरी कर्मचारी व्यवस्थापन कार्यविधि तयार गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी प्रस्ताव लगेकामा मन्त्रिपरिषदले पारित गरेको हो । मन्त्री पौडेलले पर्याप्त स्वास्थ्यकर्मी दरबन्दी नभएको अवस्थामा समायोजनका क्रममा जिम्मेवारी पाउन नसकेका चिकित्सकलाई आवश्यक नीतिगत व्यवस्था गरेर कार्यक्षेत्रमा…

Read More

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा बिहीबार भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएको राससमा उल्लेख छ । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र त्याँहाका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना…

Read More

काठमाडौं, २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको हो । निधनका बारेमा उनकी छोरीले जानकारी दिएको बिबिसीमा उल्लेख छ । फुजिमोरीले सन् १९९० देखि २०००सम्म शासन सत्ता लगाउँदा चरम भ्रष्टाचार र कम्यूनिष्ट अभियानविरुद्ध चर्को दमनचक्र चलाएकी थिइन् । त्यसक्रममा उनलाई मानवअधिकारको उल्लङघन गरेको, दुई वटा डेथ स्क्वाड नरसंहारमा संलग्न रहेको अभियोग समेत लागेको थियो । १५ वर्षभन्दा बढी कैद सजायपछि फुजिमोरीलाई गत डिसेम्बरमा लिमाको बारबाडिलो जेलबाट रिहा गरिएको थियो । उनकी छोरी केइका अनुसार फुजिमोरी सन् २०२६ मा चौंथो पटक पेरुको राष्ट्रपतिमा उम्मेदवारी…

Read More