Author: Bizness Khabar

काठमाडौं, २७ भदौ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने/नल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने/नगर्ने भन्ने विषयमा अध्ययन गर्न ८ सदस्यीय उपसमिति गठन गरेको हो । समिति सभापति रामहरि खतिवडाले उपसमितिले सहमति गर्ने गरी निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानलाई थाँती राखेर छलफल अगाडि बढाएका हुन् । छलफलमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिए पनि सरकारी रकम गएको हकमा के गर्ने भन्ने विषयमा पनि प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।…

Read More

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठकका विषयमा देउवा र प्रचण्डसँग परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच अहिले छलफल भइरहेको छ । आज बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओली र प्रचण्डबीच आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका सचिवालयले जनाएको छ । उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका…

Read More

काठमाडौं, २७ भदौ । सरकारले दसैं, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आगामी असोज ७ गते देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । राससका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले…

Read More

काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ । ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र…

Read More

काठमाडौं, २७ भदौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे । अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, “बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ, झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहापाउनु पर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन ।” सरकारले कृषि बीमामा…

Read More

काठमाडौं, २६ भदौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागले आज जारी गरेको विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भएर उत्तर–पश्चिमतर्फ (नेपाल नजिक) सर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘यो प्रणालीको प्रभावले २७ गते साँझदेखि २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना भएकाले सतर्कताको लागि…

Read More

काठमाडौं, २६ भदौ । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । उनले कलाकार भिसामा युरोप पठाइदिन्छु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिने गरेको पाइएको छ । ईकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई…

Read More

अस्मिता सापकोटा काठमाडौं, २६ भदौ । नेपालमा कोरोनापछिको आर्थिक मन्दीका कारण धेरै व्यवसाय ठप्प भएका छन् । नेपालमा मात्र होइन, अहिले विश्वव्यापी रूपमै अर्थव्यवस्था राम्रो नभएको धेरैको धारणा छ । यसरी हेर्दा नयाँ व्यवसाय शुरू गर्न अहिलेको समय त्यति उचित जस्तो देखिँदैन । तर व्यवसायको क्रममा जुनसुकै समयमा पनि प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भएकाले व्यवसायी आपैmले यसको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले कुनै पनि व्यवसाय शुरू गर्नुअघि उत्पादन वा सेवाको बजार माग कस्तो छ, उपभोक्ताको अपेक्षा के छ, उनीहरुको आर्थिक अवस्था कस्तो छ लगायत विषयमा अध्ययन गर्नु उपयुक्त हुन्छ । जतिसुकै बलियो आर्थिक व्यवस्था भए तापनि नयाँ व्यवसाय शुरू…

Read More

काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले उनका प्रतिसपर्धी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । ’द एबीसी न्युज प्रेसिडेन्सिय डिबेट’मा बुधबार बिहान ट्रम्प र ह्यारिस नर्वाचनअघिको टेलिभिजन बहसमा आमनेसामने भएका थिए । सो क्रममा ट्रम्पले ह्यारिसलाई यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ । यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् ।’ हाल अमेरिकी उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेवारी फिर्ता लिँदै डेमोक्रेट पार्टीबाट…

Read More

काठमाडौं, २६ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा १ हजारले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । उक्त दिन सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर…

Read More