Author: Bizness Khabar

काठमाडौं, १० वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको जनाएको छ ।

Read More

कठमाडौं, १० वैशाख । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

Read More

काठमाडौैं, १० बैसाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् । माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७…

Read More

काठमाडौं, १० बैसाख । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन…

Read More

काठमाडौं, १० वैशाख । नेपालले विभिन्न मुलुकमा द्विपक्षीय व्यापार गर्दै आए तापनि धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा नेपालले १ सय ३० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १६२ मुलुकसँग व्यापार गर्दै आएको छ । जसमध्ये ३२ मुलुकसँगको व्यापार बचतमा छ । नेपाललको द्विपक्षीय व्यापारिक मुलुकमध्ये छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै व्यापार छ । विभागका अनुसार चैतसम्ममा भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ ७७ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालले चालू आवको ९ महिनामा…

Read More

काठमाडौं, ९ वैशाख । पछिल्लो समय नेपालको वैदेशिक व्यापार कमजोर बन्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको चैतसम्मको तुलनामा २ दशमलव ९२ प्रतिशतले कम हो । गत आवको सो अवधिमा नेपालको १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाखभन्दा धेरैको वैदेशिक व्यापार भएको थियो । चैतसम्ममा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको ९…

Read More

काठमाडौं, ९ बैसाख । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको करिब ७ लाख संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्र सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया…

Read More

काठमाडौं, ९ बैसाख । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा स्वदेशी तथा विदेशी गरी २ सय ८६ उद्योग दर्ता भएका छन्, जुन सरकारले उद्योग दर्ताको लागि लिएको वार्षिक लक्ष्यको ७८ दशमलव ३५ प्रतिशत हो । यस वर्षका लािग ३६५ उद्योग दर्ता गर्ने सरकारको लक्ष्य छ । चालू आवको ९ महिनामा यस वर्षका लागि सरकारले लिएको वार्षिक लक्ष्यभन्दा बढी साना उद्योग दर्ता भइसकेको छ । चैत महिनासम्ममा स्वदेशी तथा विदेशी गरी २ सय २३ वटा उद्योग दर्ता भइसकेको छ । तर, यस वर्षका लागि सरकारले २०० मात्र साना उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । तेस्रो…

Read More

काठमाडौं, ९ चैत । नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् । महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार शर्मासहितका नेता÷कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए । जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले शर्मा, उनकी पत्नी इन्दु शर्मालगायत नवप्रवेशीहरुलाई स्वागत गर्ने बताए ।

Read More

काठमाडौं, ७ बैसाख । कोशी प्रदेशमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव पारित भएको छ । प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू मतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । सभामुख बिष्टले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा गरका छन् ।

Read More