Author: Bizness Khabar

काठमाडौं, २४ माघ । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको जानकारी दिए । उनले बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताए । यस्तै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास…

Read More

सुनिता सुबेदी काठमाडौं, २३ माघ । पछिल्ला महीनामा नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुसमा उपभोक्ता मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको छ, जुन गत आवको सोही महीनाको तुलनामा २ प्रतिशत विन्दुले कम हो । गत आवको पुसमा यस्तो मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो । चालू आवको पहिलो र दोस्रो महिनामा मुद्रास्फीति उच्च थियो । पहिलो महिना (साउन)मा ७ दशमलव ५२ प्रतिशत रहेको मुद्रास्फीति दोस्रो महिना (भदौ)मा बढेर ८ दशमलव १९ प्रतिशत पुगेको थियो । चालू आवको तेस्रो महिनादेखि भने मुद्रास्फीति क्रमशः घट्दै गएको तथ्याङ्कले देखाउँछ । असोज महिनामा उपभोक्ता मुद्रास्फीति…

Read More

सुनिता सुबेदी      काठमाडौं, २३ माघ । चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को मंसिर महिनासम्ममा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५८ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या ५८ लाख ५४ हजार १ सय २८ पुगेको छ, जुन गत आवको मंसिर महिनाको तुलनामा १४ प्रतिशतले वृद्धि हो । गत आवको सोही अवधिमा प्यान लिने करदाता ५१ लाख ३५ हजार ५ सय ९० थिए । यस्तै चालू आवको पाँच महिनामा प्यान लिने करदाता ३ लाख ४ हजार भन्दा धेरै थपिएका छन् । गत आवको अन्तिमसम्ममा ५५ लाख ५४ लाख २६ करदाता…

Read More

सुनिता सुबेदी काठमाडौं, १७ माघ । सरकारको बजेट खर्चमा देखिने गरेको समस्या यस वर्ष पनि कायमै छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को माघ १५ सम्ममा कुल ६ खर्ब २० अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आवको माघ १५ को तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सरकारले कुल ६ अर्ब १७ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो । साढे ६ महिना बितिसक्दा पनि सरकारको कुल विनियोजित बजेट खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ४४ प्रतिशतमा सीमित छ । सरकारले यो वर्षका लागि कुल…

Read More