Author: Bizness Khabar

काठमाडौं, २३ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत शनिबार बसेको ५४ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश तथा बोनस शेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । यसका लागि कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको…

Read More

काठमाडौं, २१ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । सञ्चार मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकको प्रयोग तथा पहुँचमा लगाइएको रोक हटाउन पत्राचार गरेको हो । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । शर्त पालना गर्न टिकटकका प्रतिनिधि राजी…

Read More

काठमाडौं, २१ भदौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो, जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको…

Read More

काठमाडौं, २१ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता तथा सो खाता संचालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर तथा जेबिएनएल सेक्यरिटिज शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।…

Read More

काठमाडौं, २१ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले उक्त क्लब तथा स्पामा २०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालै बैंकले ललितपुर स्थित मेडेक्स मल्टि स्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरसँग पनि बैंकका ग्राहकहरूलाई २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसरी नै बैंक र काठमाडौं स्थित प्रख्यात ट्रयान्क्युलिटि स्पा बिच देशभरका १७ वटै आउटलेटहरूका हरेक सेवा तथा सुविधाहरूमा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । साथै बैंकले टिस्टुङ…

Read More

काठमाडौं, २१ भदौ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । यसअघि सुनिल पौडेल प्रबन्ध निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो । तर, सरकारले उनलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी पहाडीले यस क्षेत्रमा करिव ३ दशक लामो अनुभव सम्हालिसकेकी छन् ।  । …

Read More

धनगढी, २१ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनले भने, ‘बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ ।’ नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ । बजेट तयारीसँगै विनियोजन विधेयक र आर्थिक विधेयक परिमार्जनका विषयमा छलफल भइरहेको छ । बजेट कार्यक्रमका सिद्धान्त, नीति,…

Read More

बागलुङ, २१ भदौ । अविरल वर्षाका कारण  पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्ग अन्तर्गत खाडुखोला, जिरीखोला, कालापैरा खोला, ठूलाखेत लगायतमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौं लगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् । यसैगरी काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि पहिरोले सडक अवरुद्ध हुँदा समस्यामा छन् । बिहानसम्म पनि सडक नखुल्दा पूर्वी रुकुम तथा जाजरकोट जाने रात्रि बस पनि बुर्तिबाङमै रोकिएका छन्  भने निरन्तर वर्षा भइरहेकै हुँदा सडक खुलाउन समय लाग्ने स्थानिय तहको भनाइ छ ।

Read More

काठमाडौं,२० भदौ । सरकारले कम्पनी दर्ता गर्न केही सहजता प्रदान गरेसँगै पछिल्लो समय दर्ता गर्नेको सङ्ख्या बढेको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ६ सय ९९ कम्पनी दर्ता भएका छन्, जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा २० दशमलव ०१ प्रतिशतले बढी हो । अघिल्लो आवमा २१ हजार चार सय १३ कम्पनी दर्ता भएका थिए । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत न्युनतम एक सय रुपैयाँमै कम्पनी दर्ता हुने व्यवस्था गरेको थियो । साथैै नयाँ कम्पनी दर्ता गर्दा, कम्पनीको पूँजी वृद्धि गर्दा कुनै शुल्क वा दस्तुर नलाग्ने तथा दर्ता र खारेजी प्रक्रियालाई अनलाइनबाटै व्यवस्था गर्ने…

Read More

काठमाडौं, २० साउन । सरकारले अगाडि सारेको सर्त मान्न टिकटक तयार भएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारले निर्णय गरेसँगै उक्त सर्त मान्नका लागि टिकटक तयार भएको हो । बुधबार टिकटकका प्रतिनिधि नेपाल आएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गर्दै सरकारले अगाडि सारेका सर्तमान्न तयार रहेको जनाएका हुन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा टिकटकमाथि लगाएको प्रतिबन्ध भदौ ६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने निर्णय गरेको…

Read More