Author: Bizness Khabar
काठमाडौं, ५ असार । चालू आर्थिक वर्षको फागुनसम्ममा नेपालमा सहकारी संस्थाको संख्या ३१ हजार ४ सय ५० रहेको छ । यस अवधिसम्म शेयर सदस्य संख्या ७३ लाख ८३ हजार ५ सय २८ पुगेको ९० छ । यस्तै शेयर पूँजी रू. ९४ अर्ब ७२ करोड पुगेको छ । यस अवधिसम्म सहकारी क्षेत्रमा रू. ४ खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन भई रू. ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह भएको छ । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०८०–८१ ले यस्तो देखाएको हो । सहकारी क्षेत्रमा २०८० असारसम्म ९३ हजार ७७१ व्यक्ति प्रत्यक्ष रोजगारीमा संलग्न रहेकोमा २०८० फागुनसम्म यस्तो संख्या ९४…
काठमाडौं, ५ असार । चालू आर्थिक वर्षमा नेपालमा १ लाख १३ लाख मेट्रिक टनभन्दा बढी खाद्यान्न उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार चालू आवमा कुल १ करोड १३ लाख ८१ हजार ६३० मेट्रिक टन खाद्यान्न उत्पादन हुने अनुमान गरिएको हो । मन्त्रालयका अनुसार प्रमुख खाद्यबाली धान, मकै, गहुँ, जौ, कोदो र फापर उक्त परिमाणमा उत्पादन हुने प्रक्षेपण गरिएको हो । चालू आवमा कुल ३३ लाख ९६ हजार ३४० हेक्टरमा खाद्यान्न बाली लगाइएको छ, जसको उत्पादकत्व प्रतिहेक्टर ३.३४ मेट्रिक टन रहेको छ ।
काठमाडौं, ३ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गरे । ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताएका छन् । “नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,” उनले भने…
काठमाडौं, ३ असार । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित “ग्लमभचकतबलमष्लन ल्भउबभिकभ भ्अयलयmथ क्ष्लखभकतmभलत एचयकउभअतक बलम द्यबलपष्लन क्भचखष्अभक“ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकोले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । “गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक…
काठमाडौं, ३ असार । चालू आर्थिक वर्ष सकिन २८ दिन मात्र बाँकी छ । तर, सरकारले यस वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको कुल बजेट विनियोजनको आधा पनि खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार तीन गतेसम्ममा सरकारले पुँजीगत खर्च १ खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँ गरेको छ, जुन सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको वार्षिक लक्ष्यको ४४ दशमलव ९४ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार सरकारले अझै १…
काठमाडौं, ३२ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराए । डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना…
काठमाडौं, ३१ जेठ । नेपाल बीमा प्राधिकरणको नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही संचार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय कानूनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेको तर्फ थोरै पनि ज्ञान नराखी एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनको परिवारको समेत चरित्र हत्या गर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि त्यसरी प्रकाशन…
काठमाडौं, ३० जेठ । पछिल्लो एक वर्ष अवधिमा बैंकहरुले कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने गरेको रकम झण्डै आधाले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को १० महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा २ खर्ब ३३ अर्ब ४ करोड ३० लाख छुट्याएका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा ४२ दशमलव ७५ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा बैंक तथा वित्तीय संस्थाले यसका लागि १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रकम छुट्याएका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै बैंक तथा वित्त संस्थाले लोन लस…
काठमाडौं, ३० जेठ । पछिल्लो समय बैंकिङ कारोबार तथा इन्टरनेटको प्रयोगकर्ता बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । इन्टरनेट नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को वैशाखसम्ममा मोबाइल बैंकिङ् प्रयोगकर्ता कुल ३७ लाख ९७ हजार ६८० पुगेको छ, जुन गत आवको आवको सो अवधिको तुलनामा १४ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्मा २ करोड ७ लाख ६३ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता थिए । अर्थात् पछिल्लो एक वर्ष अवधिमै ३० लाख ३४ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । यस्तै चालू आवको वैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि…
काठमाडौं, ३० जेठ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । करिब १ वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886