Author: Bizness Khabar
काठमाडौं, २९ जेठ । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलवार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताए । कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत दश वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र…
काठमाडौं, २९ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेर २१ सय १५ दशमलव २४ को विन्दुमा बन्द भएको छ । आज साढे ५ अर्बभन्दा बढी कारोबार भएको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेहुँदा कुल ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७३९ रुपैयाँ कारोबार भएको छ । त्यस्तै ३११ धितोपत्रको कारोबार हुँदा २०३ धितोपत्रको मूल्य बठेको छ । त्यस्तै ४ धितोपत्रको मूल्य बढेकोे छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ । आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । सबैभन्दा…
काठमाडौं, २९ जेठ । पछिल्लो एक वर्ष अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०८१ को वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको छ, जुन गत आवको वैशाखको तुलनामा ३ दशमलव ०१ प्रतिशत विन्दुले कम हो । गत आवको सो अवधिमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समग्रमा मुद्रास्फीति घटे पनि गत आवको वैशाखको तुलनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति भने बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत रहेको छ, जुन गत आवको सो अवधिको तुलनामा ० दशमलव ७३ प्रतिशत…
काठमाडौं, २५ जेठ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक, पेशागत बीमा अभिकर्ता सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको र सुझाव सङ्कलनलाई सघनताका साथ निरन्तररूपमा अगाडि बढाइने बताए । अध्यक्ष सिलवालले भने, “नागरिकको जीवन,…
काठमाडौं, २३ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ५८ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ को विन्दुमा बन्द भएको छ । बुधबार कारोबार रकम समेत घटेको छ । आज ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७ सय ३३ पटक किनबेच हुँदा कुल ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको कारोबार भएको छ । मंगलबार ४ अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको थियो । आज ३०६ धितोपत्रको कारोबार हुँदा १५८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८३ धितोपत्रको मूल्य बढेकोे…
काठमाडौं, २० जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराए । यस्तै उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे । नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु¥याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी…
काठमाडौं, २० जेठ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास समेत गरेका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’ चीनले मे ३ मा सुरु गरेको उक्त अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो । यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ । चन्द्रमाको दक्षिणी ध्रुवमा…
काठमाडौं, १८ जेठ ।अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१–८२ को बजेट मार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको बचत संकलन…
काठमाडौं, १७ जेठ । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि नेपालले दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको हो । खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक…
आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखिएको छ । सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त लक्ष्य रहेको उद्घोष गरेका हुन् । सरकारले चालू आर्थिक वर्षमा पनि ६ प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर यस वर्ष ३.९ प्रतिशत मात्र हासिल हुने अनुमान गरिएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886