Author: Bizness Khabar

काठमाडौं, २४ फागुन । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो । कम्पनीले गत पुस २९ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट हाल कायम गरेको चुक्तापूँजी २५ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

Read More

काठमाडौं, २३ फागुन । नेपाल बिमक संघले सरकारबाट बाँकी अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बिमा लेख जारी नगर्ने निर्णय गरेकोे छ । बुधबार बिमक संघले एक विज्ञप्ती जारी गर्दै चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको बिमा शुल्क पूरा भुक्तानी नभएसम्म बिमा लेख जारी नगर्ने जनाएको छ । सरकारले कृषि बिमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि सम्बन्धी बिमा लेख रोक्न लागेका हुन् । बिमक संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको पनि बिमा शुल्क पुरा भुक्तानी नभएसम्म बिमा लेख जारी नहुने सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी गराउँदछौ ।’…

Read More

काठमाडौं, २३फागुन । कास्कीमा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने बताएको छ । जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ ।’ अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।…

Read More

काठमाडौं, २३ फागुन । बुधबार नेप्से परिसूचक ९ दशमलव ३३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ३३ अङ्कले बढेर २ हजार १७ दशमलव ०३ को बिन्दुमा बन्द भएको छ । आज ९१ लाख ३८ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७५ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६२ धितोपत्रको मूल्य घटेकोे छ भने ११ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक…

Read More

काठमाडौं, २३ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकी रेखा शर्माले नै पाउने भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई फेरि सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार हुँदा पनि शर्मा नै सञ्चारमन्त्री थिइन् । माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनाउने भएको छ ।

Read More

सुनिता सुबेदी काठमाडौं, २३ फागुन । पछिल्लो समय विकास निर्माणको कार्यमा सरकारको खर्च निराशाजनक छ । चालू आर्थिक वर्ष २०८०÷८१ को फागुन २१ गतेसम्ममा सरकारले पूँजीगत खर्च ७३ अर्ब ८३ करोड ८३ लाख मात्र गरेको छ, जुन पूँजीगत खर्चतर्फ वार्षिक कुल विनियोजित बजेट खर्चको वार्षिक लक्ष्यको २४ दशमलव ४४ प्रतिशत मात्र हो । यो वर्षका लागि पूँजीगत खचतर्र्फ ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बजेट विनियोजन गरेको थियो । विकास निर्माणमा सरकारले गर्दै आएको खर्च कम नै हुने गरेकोमा पछिल्लो समय भएको राजनीतिक परिवर्तनले यसलाई थप प्रभाव पार्ने देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री…

Read More

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ । कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो । मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए । राष्ट्रियसभा अध्यक्षमा समेत एमाले उम्मेद्वारलाई समर्थन गर्ने देउवाको प्रस्ताव थियो । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले सत्ताबाट बिमुख हुनुपर्दाको पीडा कम गर्न कांग्रेसले असफल खेल खेलेको निश्कर्ष निकाल्दै अहिलेको गठबन्धनलाई नै बलियो बनाएर अगाडि बढ्ने निश्कर्ष निकालेको बताए । कांग्रेसबाट प्रधानमन्त्री लिएर नयाँ गठबन्धन बनाउन औपचारिक प्रस्ताव…

Read More

काठमाडौं, २३ फागुन । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा ल्याएको छ । रोमिङ सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार सस्तो दररेटमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा…

Read More

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो । सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

Read More

काठमाडौं, २३ फागुन । मटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ…

Read More