Author: Bizness Khabar
काठमाडौ, २३ फागुन । कर्णालीे प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । बुधबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन् ।
काठमाडौं, २३ फागुन । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिमा पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् । महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा समेत चहलपहल बढेको छ । महाशिवरात्रिमा सुरक्षित तवरले मन्दिर दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।
काठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै अघिल्लो अघिल्लो सत्ता गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जिम्मेवारी पाएका किराँतीले मन्त्री निवास छाडेका हुन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु । ४ सय १३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले अवसर प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् । आफू र आफ्नो टिमले सकेको कोशिस गरेको भन्दै उनले भनेका छन्, ‘हामीले…
सुनिता सुबेदी काठमाडौं, २२ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । यो सँगै बराल अहिले विवादित भएका छन् । कुनै अध्ययन विना नै उनले गरेको उक्त घोषणामा सरोकारवाला तथा विज्ञहरुको फरक मत देखिन्छ । बरालको उक्त भनाई कतै सकारात्मक रुपमा लिइएको छ भने कतै विरोधमा छन् । शिक्षाविद् विष्णु कार्कीले बरालको उक्त निर्णय गलत रहेको बताए । तीनवर्षे बनाउने अथवा चार वर्षमै यथावत राख्ने निर्णय त्रिविको नभई विश्वविद्यालय अनुदान आयोग (युजिसी)को रहेको कार्कीले बताए । उनले भने, यो निर्णय त्रिविले गर्ने…
काठमाडौं, २२ फागुन । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५…
काठमाडौं, २२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । संसद दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारीमा मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
काठमाडौं, २२ फागुन । उत्तर कोरियाले गत हप्तादेखि वासिङ्टन र सोलले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने चेतावनी दिँदै ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ । वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताए । दुवैले ‘फ्रिडम सिल्ड’मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् । यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै प्योङयाङले…
काठमाडौं, २२ फागुन । त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १…
काठमाडौं, २२ फागुन । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङको आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको थियो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए । उने भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङमा दैनिकरूपमा ५० देखि…
काठमाडौं, २२ फागुन । सिंगापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्षा पु¥याउन लागिएको छ । सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङका अनुसार सन् २०२६ मा कर्मचारीको सेवा निवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्ष पु¥याउन लागिएको हो । लेङले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने बताएका छन् । सन् २०२३ जुनसम्म सिंगापुरका करिब २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका पुगेका छन् । सिंगापुरको कुल प्रजनन दर गत वर्ष शून्य दशमलव ९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अंकभन्दा तल झरेको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886