Author: Bizness Khabar
काठमाडौं, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मन्त्री पदबाट हटाएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए । संघीय सरकारमा नयाँ गठबन्धनबाट सोमबार नै ३ जना मन्त्रीले शपथ लिइसकेका थिए । माओवादीबाट गण्डकी सरकारमा दुई जना मन्त्री थिए ।
काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा नगर्ने भएको हो । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो । अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । महानगरले यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर…
काठमाडौं, २२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबल पहिलो चरणको खेल २३ चैत देखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने जनाएको छ । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट…
काठमाडौं, २१ फागुन । आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति काठमाडौं, २१, फागुन । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न, उक्त क्षेत्रको कानूनी र संस्थागत विकास गर्न सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो । गत मंसिर २२ गते बसेको मन्त्रिपरिषदकोे बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो । दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको…
काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरु थप्न लागेको जनाकारी दिएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले सहिदको संख्या थप्न लागेको जानकारी दिएका हुन् । उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णयलाई धन्यवाद भन्न किन नसक्ने । अझै पनि हामी छुटेका कतिपयलाई सहिद घोषणा गर्ने तयारीमा छौं ।’ सरकारले आयोग गठन गरेर सहिद घोषणा गर्ने प्रयास गरेपनि अर्थमन्त्री डा. प्रकाश सरण महतको अवरोधले सहिद थप्ने प्रक्रिया रोकिएको उनले बताए । गृह मन्त्रालयले २०५१ सालदेखि २०६३ सालसम्मका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको विषयमा छानबिन गरी क्षतिपूर्ति दिन आयोग गठनका लागि सहमति माग…
काठमाडौं, २१ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी फागुन २५ गते (शुक्रबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलले आईपीओको प्रि अलोटमेन्ट गरिसकेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १९ दशमलव ३२ गुणा बढीको आवेदन हो । कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।
काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जस्तो परिवर्तन आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आज देशको परिस्थिति अलि छिटो हिँड्न खोजेको भए पनि मिसन ८४ छाड्ने बताएका हुन् । उनले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनको भनाई छ । यस्तै उनले सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग…
काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । रिक्त रहेको २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका छन् । उनीहरू गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएका थिए । बाँकी एक जना सदस्यले भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र शपथ लिनेछन् । आज शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा रहेका छन् । त्यस्तै पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर…
काठमाडौं, २१ फाागुन । सोमबार सेयर बजारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यस्तै २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत अर्थात् ९८ अंक बदा दोस्रो सर्किटसर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ः ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको छ । सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंकले बढेको नेप्से २०७८…
आज सरकार परिवर्तन हुने निश्चित भएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सत्ता गठबन्धन भत्किएर आजै सरकार परिवर्तन हुने खुलासा गरेका छन् । फेसबुक पेजमार्फत उनले यस्तो जानकारी दिएका हुन् । सोमबार आफ्नो फेसबुक पेजमार्फत स्टाटस लेख्दै उनले भनेका छन्, ’आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’ उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै सपथ लिनेछ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886