Author: Bizness Khabar

काठमाडौं, २० फागुन । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत मंसिर १९ गते आयोगमा आवेदन दिएको थियो । अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ ।

Read More

काठमाडौं, २० फागुन । नेपाल सरकार र आन्दोलनरत दुग्ध किसान बिच ५ बुँदे सहमति भएको छ । ५ बुँदे सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले २०८० चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ । किसानका मागहरू पूरा गर्ने सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा…

Read More

काठमाडौं, १८ फागुन । सन् २०२४ को फेब्रुअरी महिनामो ९७ हजारभन्दा धेरै जना विदेशी पर्यटकको आगमन भएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका हुन् । विभागका अनुसार फेब्रुअरी सबैभन्दा बढी २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपाल आएका छन् । सोही अवधिमा चीनबाट ९ हजार १ सय ८०, अमेरिकाबाट ९ हजार ८९, थाईल्याण्डबाट ४ हजार ७ सय ९९ र बेलायतबाट ४ हजार ५ सय ७१ जना पर्यटक नेपाल आएका छन् ।

Read More

काठमाडौं, १८ फागुन । बैंक तथा वित्तीय परिसंघ नेपाल सिबिफिनले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले गम्भीर ध्यानाकर्षण जनाएको हो । धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको परिसंघले जनाएको छ । नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम रहेको तथा नेपालका बैंक तथा…

Read More

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामि फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते (आज) नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेतापनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् ।

Read More

काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाल विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि कायमै राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

Read More

काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड पालना नभएको पाइएको छ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं. १, २ र ३ का धेरै र अन्य वडामा अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको भेटिएपछि तीन प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन,नौ थान टिटी खोप र तीन थान इन्सुलिन जफत गरिएको महानगरले जनाएको छ…

Read More

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । शुक्रबार राष्ट बैंकको जनशक्ति विभागले बैंक तथा वित्तीय संस्थाको लागि २०८१ सालमा हुने बैंकविदाको सूची सार्वजनिक गरेको हो । बैंकले शनिवार बाहेक ३७ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकले २०८० वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय तोकेको छ । यस्तै २०८० कार्तिक १६ गतेदेखि माघ १५ सम्म विहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म कार्यालय समय तोकेको छ । प्रत्येक शुक्रवार विहान १०ः०० देखि अपरान्ह १ः३० वजेसम्म…

Read More

काठमाडौं, १८ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला महानगरलाई हस्तान्तरण गरिएको रंगशालाको बाँकी कामका लागि महानगरले टेन्डर खुला गरेको हो। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र छ । रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण गरिनेछ । बागमती प्रदेश सरकारको ७० प्रतिशत लागत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लागतमा रंगशाला निर्माण गर्न…

Read More

काठमाडौं, १८ फागुन । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ । प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ । मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो । बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान…

Read More