Author: Bizness Khabar

काठमाडौं, १४ वैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए । ‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ’, अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।’ केही किनेर र…

Read More

काठमाडौं, १४ वैशाख । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्र पठाँउदै अलपत्र परेका आयोजनालाई पूर्णता दिन सहजीकरण गर्न पनि आग्रह गरेको छ । जिप्रकालाई पठाइएको पत्रमा भनिएको छ, ‘मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना÷योजना संचालन गर्न कार्यालय÷निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र÷रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ ।’ साथै त्यस्ता अलपत्र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालयलगायत…

Read More

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिंदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए । उनले भने, ‘नेपाल र चीनबीचका थप नाका सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ, नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ…

Read More

काठमाडौं, १४ वैशाख । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले उक्त नगद र सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । न्युरोडको एक गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Read More

काठमाडौं, १३ चैत । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमा कम्पनीहरूले बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले निर्देशन उक्त निर्देशन दिएको हो । प्राधिकरणद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार…

Read More

काठमाडौं, १३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन । कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ (३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए । चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत)…

Read More

काठमाडौं, १३ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन…

Read More

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । उनले भने ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ । यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात…

Read More

कठमाडौं, १३ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परिक्षा शाखा निर्देशक साङहयून क्वाकले स्पष्ट पारे । छलफल पछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकोमा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए । ‘एक पटक कोरिया पुगेर आउनु भएका नेपाली युवामा इपिएस प्रक्रियाको विषयमा नै शंका थियो ।…

Read More