Author: Bizness Khabar
काठमाडौं, ११ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् । यस्तै लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताए । अहिलेसम्म जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी गरे । उनले भने, ‘इलाममा अहिलेसम्म कतिले झुक्याए थाहा छैन । तर, यसपटक इलामेली जनताले विवेक…
काठमाडौं, ११ वैशाख । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । आजै उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।
काठमाडौं, ११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् । जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए । मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह–सचिव रहनेछन् । दोस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हालेपछि मन्त्री यादवको यो पहिलो विदेश भ्रमण हो ।
काठमाडौं, ११ चैत । मंगलबार अर्थात् आज साढे ४ बजे देखि साँझ ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । कतारको राजा शेख तमिम बिन हमाद अल थानी आउने बेला आधा घण्टा विमानस्थल बन्द रहने ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका लागि विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।
काठमाडौं, ११ वैसाख । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै यो सेयर बिक्रीमा राखेको जनाएको छ । शेयर खपरदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले बबरमहल काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नै कम्पनीले जनाएको छ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुर्छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।’ यस्तै उनले आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने भन्दै विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन…
काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, सांगठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका संगठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक…
काठमाडौं, ११ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् । मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी…
काठमाडौं, १० वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको जनाएको छ ।
कठमाडौं, १० वैशाख । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886