Author: Bizness Khabar

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । यस्तै उनले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका…

Read More

काठमाडौं, १५ फागुन । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (आव) २०७९÷८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १ सय ९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।

Read More

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एन आएईसी एशिया बैंकबाट पछिल्लो समय २७ अर्ब बराबरको निक्षेप झिकिएको जानकारी दिएका छन् । नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाइ्र्र काठमाण्डौमा सम्बोधन गर्ने क्रममा गभर्नर रअधिकारीले यस्तो जानकारी दिएका हुन् । २७ अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गरे । उनले भने,‘हामीले दिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण यस्तो भएको हो । हामीले यो रेसियोलाई ९० प्रतिशत बनाउँदै गर्दा धेरै बाट विरोध भयो । कतिले यसविरुद्ध लेखे ,कतिले लेखाए । तर आज त्यो व्यवस्था ठिक थियो भन्ने प्रमाणित भयो । कतिपयले यो रेसियोलाई ९५ प्रतिशत…

Read More

काठमाडौं, १४ फागुन । साताको दोस्रो दिन नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेर १ हजार ९ सय ९२ दशमलव ३० को बिन्दुमा बन्द भएको छ । आज ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । आज ३ सय १४ धितोपत्रको कारोबार हुँदा १ सय ६७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७५ धितोपत्रको मूल्य घटेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ । कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको…

Read More

काठमाडौं, १४ फागुन । लघुवित्त वित्तीय सस्थाका ऋणीहरूले संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

Read More

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा बैंक बिगार्न अर्को बैंक नै सक्रिय भइरहेको आरोप लगाएका छन् । सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले त्यसैको पहलस्वरुप पछिल्लो समय बैंक बिग्रेको र फेल भएको हल्ला चलाइएको बताएका हुन् । गभर्नर अधिकारीले एउटै संस्था (बैंक) ले अर्को सोही प्रकृतिको संस्थालाई फेलियर बनाउँदा एउटालाई खाने बाघले अर्कोलाई पनि खान्छ भन्ने बुझ्नुपर्ने औंल्याए । ऋणीको क्षमताभन्दा बढी कर्जा दिएसँगै चालू पुँजी कर्जाले बाँधिँदा कर्जाको साँवाब्याज भुक्तानीमा समेत समस्या देखिएको उनको भनाई छ । यस्तै उनले केही समयअघिको ओभर फाइनान्सिनले अहिले बैंक र ऋणी…

Read More

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले सार्वजनिक गरेको सेन्टर कन्ट्र्याक्टमा पुरुषतर्फ ३० जना खेलाडी र महिलातर्फ १९ जना छन् । क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड ए मा छन् । ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् भने ग्रेड सी मा अर्जुन साउद, प्रतिश जीसी, सन्दीप जोरा र विनोद भण्डारी परेका छन् । यस्तै ग्रेड…

Read More

काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुन र संस्थागत व्यवस्था मिलाउने घोषणा गरेका छन् । सोमबार संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महतले वित्तीय क्षेत्रको सुदृढीकरण र पारदर्शितामा जोड दिइने बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पूँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ । लघुवित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ ।’

Read More

काठमान्डौ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका महतोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताए । आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए । यस्तै महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सारेका छन् । महतोले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ । देशमा एकल…

Read More

काठमाडौं, १४ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले “आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गर्ने गरिएको थिया े। यस पटक भने बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो । १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए…

Read More