Author: Bizness Khabar
काठमाडौं, ६ साउन । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ आजदेखि खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय…
काठमाडौं, ५ साउन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ७६ अङ्कले बढेर दुई हजार ८९२ दशमलव ७२ बिन्दुमा कायम भएको हो । आज ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १५३ धितोपत्रको शेयर मूल्य बढ्दा ९६ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने फाइनान्स…
काठमाडौं, ५ साउन । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिब ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएका छन् । कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिव रू. १५ अर्ब.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ । योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम…
काठमाडौं, ५ साउन । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर बोलकबोल प्रणालीमार्फत बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत असार १ देखि २४ गतेशम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा पर्याप्त आवेदन नपरेपछि बाँकी शेयर अब बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो । कम्पनीका अनुसार यो शेयर खरिदका लागि इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरूले साउन १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोलमा भाग लिन चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण बाँकी कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ…
काठमाडौं, ५ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । हिजो आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको मूल्यमै आज पनि कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ४ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ बिन्दुमा कायम भएको हो । आज ५ करोड १६ लाख ८३ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । आज १०५ धितोपत्रको शेयर मूल्य बढ्दा १४४ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् । आइतबार अन्य ३ दशमलव ३६, निर्जीवन बीमा १…
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्री भएको १ वर्षसम्म पनि ओली भारत भ्रमणमा गएका छैनन् । ।
काठमाडौं, ४ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ मा आज (आइतबार) पहिलोपटक नेपाल राष्ट्र बैंकले तरलता खिच्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले आज ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी…
काठमाडौं, २ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886