Author: Bizness Khabar

काठमाडौं, ७ बैसाख । नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा ग¥यो ।

Read More

काठमाडडौं, ७ बैसाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

Read More

काठमाडौं, ७ बैसाख । अमेरिकाले इजरायलस्थित आफ्नो वाणिज्य दूतावासका कर्मचारीलाई बाहिरको यात्रा नगर्न निर्देशन दिएको छ । वाणिज्य दूतावासका कर्मचारी र उनीहरूको परिवारको सुरक्षा संवेदनशीलता देखाउँदै अमेरिकाले उक्त निर्देशन दिएको हो । अमेरिकाका दुई अधिकारीले शुक्रबार बिहान इजरायलले इरानमाथि हवाई आक्रमण गरेको दाबी गरेका छन् । इजरायलस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अर्को निर्देशन नआउँदासम्म कर्मचारीहरूलाई बाहिर यात्रा नगर्न भनिएको छ । सुरक्षाको स्थिति तनावपूर्ण बनेको छ । यो राजनीतिक र हालैका घटनाहरूमा आएको तीव्रताले बदलिन सक्छ ।’

Read More

काठमाडौं, ७ बैसाख । नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बैठकको निर्णयसहित सभामुख कृष्ण धिताललाई ज्ञापनपत्र बुझाएको छ ।

Read More

काठमाडौं, एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो यस्तै गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे । कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए…

Read More

काठमाडौं, ७ बैसाख । चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को ९ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि करिब साढे पाँच लाख नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आव २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा वैदेशिक रोजगारीका लागि ५ लाख ४२ हजार १३० जनाले श्रम स्वीकृति लिएका छन्,जुन गत आवको चैतसम्ममको तुलनामा १० प्रतिशतले कम हो । गत आर्थिक सोही अवधिमा वैदेशिक रोजगारका लागि ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । एक वर्ष अवधिमा वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या १० दशमलव १६ प्रतिशतले घटेको छ । गत आवको चैतसम्ममा ५ लाख ४८ हजार ६९४…

Read More

काठमाडौं, ७ बेसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा भनिएको छ, ‘प्रचलित कानून र विधिको प्रतिकूल हुनेसम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध छ ।’

Read More

काठमाडौं, ७ चैत । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको छ । समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

Read More

काठमाडौं, ७ बैसाख । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल काठमाडौँ पुगेको छ । बाँकी मल जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ । काठमाडौं, ७ बैसाख । चीनबाट आयात गरिएको रासायनिक…

Read More

काठमाडौं, ७ बैसाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको हमासको आक्रमणपछि इजरायलमा बेपत्ता रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

Read More