Author: Bizness Khabar
काठमाडौं, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन् । यस्तै उनले मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको बताए । उनले भने, ’सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।’…
काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरे र शिर्ष चार दलको नेताहरुबीचको छलफल विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताए । संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले उनको भनाई छ । छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले…
काठमाडौं, २६ चैत । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । प्रहरीले नेसनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ गरेको छ । म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
काठमाडौं, २६ चैत । सिंहदरबारमा सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबिच छलफल भएको छ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी छन् ।
काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । साथै बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको बताए ।
काठमाडौं, २६ चैत । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले चौलागाईलाई चिफ मार्केटिङ अफिसरमा नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्यअनुभव छ । उनि यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए । साथै व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग अनुसन्धान तथा विकास विभाग बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख शाखा प्रमुखको रुपमा काम गरेको अनुभव छ ।
काठमाडौं, २६ चैत । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए । ‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’ बडादसैँ…
काठमाडौं, २६ चैत । इसराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ । अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इसराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो । समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इसराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिएको छ । इसराइली रक्षामन्त्री योअव गालान्टले दक्षिणी गजा क्षेत्रमा थलसेना घटाइएपनि सैनिक निगरानी कायम रहेको बताएका छन् । उनले भविष्यमा हमासविरूद्ध गरिने थप कारबाहीको तयारी गर्न सैनिकहरूलाई बोलाइएको स्पष्ट पारे । इसराइलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्धको आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपु¥याउन र मानवीय सहायताका कार्यहरूलाई सुरक्षित…
काठमाडौं, २६ चैत । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् । सामेबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले सहकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरे । उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ ।’ यस्तै उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भन्ने प्रश्र गरे । सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने…
काठमाडौं, २६ चैत । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो । प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886