Author: Bizness Khabar
काठमाडौं, ११ फागुन । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । शुक्रबार श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने बताए । यस्तै उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार कुनै कसर…
सुनिता सुबेदी काठमाडौं, ११ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा नेपालको आयात निर्यात दुबै घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघसम्ममा विभिन्न नाका हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ३१ प्रतिशतले कम हो । गत आवको माघसम्ममा ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । यस्तै, सात महिनामा नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । यो गत आवको माघसम्मको तुलनामा ७ दशमलव ०७ प्रतिशतले…
सुनिता सुबेदी काठमाडौं, ११ फगुन । एक वर्षको अवधिमा जीवन बीमाको व्यवसाय रकमले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा जीवन बीमाको व्यवसाय कुल ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँको भएको छ, जुन गत आवको सात महिनासम्मको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढेको छ । गत आवको माघसम्ममा ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँको व्यवसाय भएको थियो । चालू आवको माघसम्ममा व्यवसायमा उठेको बीमा शुल्कमध्ये प्रथम बीमा शुल्कबाट १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यस्तै नवीकरण बीमा शुल्कबाट ७० अर्ब ७७ करोड २…
काठमाडौं, ११ फागुन । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित रहेको फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । शुक्रबार दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । शुक्रबार दिउँसो फिल्म हेर्नका लागि ललितपुरको सडकमा ¥याली नै निकालिएको छ । गोर्खा सैनिकको ट्रेनिङ दिने संस्थादेखि विभिन्न सुमुदायगत संघ–संस्थाका व्यक्तिहरुले जावलाखेल चोकबाट नारासहित निकालेको र्याली लबिम मल पुगेर टुंगिएको थियो । ¥यालीमा ६ सयभन्दा बढी सहभागी थिए ।र्याली सहित फिल्म हेर्न पुगेका दर्शकको चापले लबिम मलस्थित क्यूएफएक्स हलको १२ बजेको शो ‘हाउसफुल’ भएको थियो भने बाँकी दर्शकका लागि ३ बजेको शो छ । लबिम मल पुगेको ¥यालीलाई सम्बोधन गर्ने क्रममा निर्देशक…
काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा आज दिनभर बन्द भएको छ । बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द भएको हो । सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं, ११ फागुन । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ । आइएमई पे मार्फत प्राप्त गर्न सकिने उक्त सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । ३ सय ६५रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बिमा दाबी प्राप्त गर्न सक्ने छन् । त्यस्तै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् । व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने…
काठमाडौं, ११ फगुन । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को ४ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को कारोबारबाट प्राधिकरणले उक्त रकम संकलन गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै रोयल्टी तिर्ने कम्पनी एनसेल छ । एनसेलले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी राजस्व बुझाएको छ । कम्पनीले गत आर्थिक वर्षमा रोयल्टीबापत राज्य कोषमा १ अर्ब ४७ करोड र ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापत ७३ करोड ७५ लाख रुपैयाँ तिरेको प्राधिकरणले बताएको छ । यस्तै, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७९÷८० मा रोयल्टीबापत…
काठमाडौं, ११ फागुन । कृषि विकास बैंकले १ सय १२ पदमा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म १ सय १२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ८ औं तहमा अधिकृत स्तरका २ जना शाखा प्रमुख, ७ औं तहका लागि २ जना वरिष्ठ लेखा अधिकृत, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आइटी इन्जिनियर १ जना, र कर्जा अधिकृतमा ६ जना माग गरेको छ । त्यस्तै व्यवसाय सहायक १६ जना, एकजना कानुन सहायक, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र ४६ जना लेखापाल मागेको छ…
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । उनले भने, ‘आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुप¥यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।’ सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन…
काठमाडौं, १ज्ञ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी उक्त अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै कम्मनीले जीवन आनन्द बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886